Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै रोपाइँ सुरु भएको छ भने पर्याप्त पानी नपुगेका क्षेत्र खाली रहेका छन्।

चैत महिनासँगै लमजुङ जिल्लाका विभिन्न स्थानमा किसान रोपाइँमा व्यस्त देखिएका छन्। राईनास का धमिलिकुवा, चक्रतिर्थ र भलायखर्क, मध्यनेपाल को भोर्लेटार, इशानेश्वर र करापुटार तथा सुन्दरबजार को दुराडाँडा लगायत क्षेत्रमा चैते धान रोपाइँ हुँदै आएको छ। वर्षभर सिँचाइ सुविधा उपलब्ध हुने खेतमा मात्र यस्तो खेती सम्भव हुने भएकाले यसको विस्तार सीमित क्षेत्रमा मात्रै भएको छ।

कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार यस वर्ष राईनास क्षेत्रका धेरै खेतमा कुलो मर्मत आवश्यक परेकाले र पानीको अभावका कारण अघिल्लो वर्षको तुलनामा रोपाइँ घटेको छ। केही स्थानमा मात्रै पर्याप्त पानी पुगेकाले रोपाइँ भइरहेको उनले बताए। गत वर्ष कटनीका बेला अनुकूल मौसम नहुँदा उत्पादन घटेकाले किसानमा निरुत्साह बढेको पनि उनको भनाइ छ।

गत वर्ष करिब १०० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा यस वर्ष करिब ९० हेक्टरमा सीमित हुने अनुमान गरिएको छ। बर्खे धानको तुलनामा उत्पादन बढी हुने भए पनि पछिल्ला वर्षमा जनशक्ति अभाव र अपेक्षित प्रतिफल नआउँदा केही किसानले चैते धान खेती छोड्दै गएको स्थानीय कृषि कार्यालयको तथ्यांकले देखाउँछ।

जिल्लामा हाल हर्दिनाथ–१, अर्वाली, सुख्खा र जुडी जातका धान बढी रोपिँदै छन्। श्रमशक्ति र गोरुको अभाव बढ्दै जाँदा कृषकहरू हाते ट्याक्टर प्रयोगतर्फ उन्मुख हुँदै गएका छन्। सिँचाइ व्यवस्थापन सुधार गर्न सके चैते धान खेतीको सम्भावना अझै बढ्न सक्ने कृषि प्राविधिकहरूको आकलन छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending