काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताएकी छिन् । बिहीबार विनियोजित मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री शर्माले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको बताइन् । उनले यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पुर्याएको बताइन् । उनले नेपालको प्रचलित कानुन र सामाजिक सद्भाव सामाजिक वातावरणमाथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनैपनि सामाजिक प्लेटफर्मप्रति सरकारको आग्रह/पूर्वाग्रह नगरेको बताइन् ।
मन्त्री शर्माले सामाजिक सञ्जाल, युट्युबको व्यवस्थित अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको बताइन् । उनले नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पुर्याउने काम भइरहेको उल्लेख गरिन् ।
मन्त्री शर्माले अहिले दुई वटा मोबाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेको भन्दै देशभर गुणस्तरीय सेवा पुर्याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको बताइन् ।
उनले भनिन्,‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँदै लगिनेछ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ । थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ । नेपालको प्रचलित कानुन र सामाजिक सद्भाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक प्लेट र्फमप्रति सरकारको आग्रह पूर्वाग्रह नभएको कुरा निवेदन गर्न चाहन्छु । सामाजिक सञ्जाल, युट्युबको व्यवस्थित अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको छ ।’
मन्त्री शर्माले उच्च गतिको इन्टरनेट बिस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा बिस्तार भएको एफटीटीएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा बिस्तार गर्दै लगिने बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: