Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्वपालाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको ओखलढुङ्गा शाखाले काठमाडौंमा आयोजना गरेको निर्वाचन समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र सुशासनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको पनि बताए । उनले मुलुक निर्माण, भौतिक विकास तथा बेथिति र विकृतिविरुद्धको लडाईं सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गरे ।

उनले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।  उनले रास्वपाका समर्थक, मतदाता र शुभेच्छुकलाई संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको अब बन्ने सरकारप्रति नागरिकको उच्च अपेक्षा र चासो रहेको पनि बताए ।

उनले भने, ‘मुलुक बनाउने कुरा, जिल्ला बनाउने कुरा, बेथिति र विकृतिविरुद्ध लड्ने कुरामा हामीहरुको सामुहिक प्रयत्न र प्रयासबाट मात्रै ठिक ढंगको उपलब्धी प्राप्त हुन्छ भन्ने कुरा हामीले भुल्नु हुँदैन । हामी छुटयौँ र फुट्यौँ तथा हिजोको जस्तै राजनीतिक कार्यशैलीमा गयौँ भने हामीलाई जनताले पाँच वर्षभन्दा बढी गरेर खान दिँदैनन् । यो कुरा पनि हामीले भुल्नु हुँदैन । जिल्लामा हामीले सांगठनिक हिसावले धेरै कामहरु गर्नुपर्नेछ । अहिले नागरिकले हामीलाई धेरै मत दिनुभएको छ । तर पनि हामीले उहाँहरुलाई सांगठनिक हिसावले एकतावद्ध गर्न सकिरहेका छैनौँ । यो घडिमा हामीले रास्वपाका सम्पूर्ण शुभचिन्तक, मतदाता सबैले यो पार्टीलाई बलियो बनाउनको लागि संगठन निर्माणमा पनि त्यतिकै ध्यान दिनुपर्ने आवश्यकता छ । हाम्रो अबको केही दिनमै सरकार बन्दैछ । सरकार बन्दैगर्दा देशभरका नागरिकहरुले यो सरकारले कसरी काम गर्छ ? मुलुक र जनताको जीवन कसरी परिवर्तन गर्छ भन्ने आकांक्षा मात्रै नभई कौतुहलताका साथ हेरिरहेका पनि छन् । अब बन्ने रास्वपा सरकारले नागरिक अपेक्षाअनुसार काम गर्नेछ भन्ने विश्वास छ ।’

उनले रास्वपा सरकारले नागरिकको अपेक्षाअनुरुप काम गर्ने दाबी पनि गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

दुई दिनकाे वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडाैंं । शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांक वि...

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: