Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

खबरडबली संवाददाता

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रमुख दुई दल दुवै यसपटक अपेक्षित नतिजा ल्याउन असफल भएपछि नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठ्न थालेका छन्।

कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर चुनावमा भाग लिएको थियो। सभापति गगनकुमार थापाको नेतृत्वमा ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ नारा दिइए पनि परिणाम पार्टीको पक्षमा आएन। २०७९ को निर्वाचनमा ८८ सिटसहित पहिलो दल बनेको कांग्रेस यसपटक ३८ सिटमा सीमित भएको छ।

यसबीच, पूर्व सभापति शेर बहादुर देउवा र नेता शेखर काेइराला  पक्षले नेतृत्व परिवर्तनको प्रभाव र चुनावी रणनीतिमाथि प्रश्न उठाइरहेका छन्। देउवा–कोइराला समूहले समानान्तर गतिविधि गर्ने तयारी गरेको संकेत देखिएको छ। सभापति थापाले दिएको राजीनामा प्रस्ताव र त्यसको अस्वीकृतिलाई लिएर पनि दुवै पक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ।

कांग्रेस प्रवक्ता देवराज घिमीरेले ५ हजारभन्दा कम मतान्तरले पराजित भएका करिब २०/२१ क्षेत्रमा आन्तरिक कारण प्रमुख रहेको निष्कर्ष पार्टीले निकालेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा पनि अघिल्लो नेतृत्वकालका निर्णय र जनअसन्तुष्टिलाई प्रमुख कारणका रूपमा औंल्याइएको छ।

यता एमालेले गत मंसिरमा ११औं महाधिवेशनमार्फत केपी  शर्मा ओलीलाई पुनः अध्यक्षमा चयन गरेको थियो। तर, २०७९ मा ७८ सिट जितेको एमाले यसपटक २५ सिटमा सीमित भएको छ। समानुपातिकतर्फ पनि पार्टी तेस्रो स्थानमा झरेको छ।

अध्यक्ष ओली पारिवारिक शोकमा रहेकाले औपचारिक समीक्षा बैठक बस्न नसकेको एमाले स्रोतले जनाएको छ। तथापि, शीर्ष नेताहरूबीच सार्वजनिक रूपमा नै मतभेद देखिन थालेका छन्।

नेता  सुरेन्द्र पाण्डेले पार्टीको संरचना र कार्यशैलीमा सुधार नगरे संकट गहिरिने चेतावनी दिएका छन्। “नेतृत्वले कमजोरी स्वीकार गरी रूपान्तरणको मार्ग रोज्नुपर्छ,” उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

यसैबीच, अन्य नेताहरूले नेतृत्वको बचाउ र आलोचना गर्दै आन्तरिक बहसलाई तीव्र बनाएका छन्। विश्लेषकहरूका अनुसार, अप्रत्याशित चुनावी नतिजाले दुवै दललाई सांगठनिक पुनर्समीक्षा र रणनीतिक पुनर्संरचनातर्फ धकेलेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

दुई दिनकाे वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडाैंं । शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांक वि...

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: