Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ महाधिवेशन र विशेष महाधिवेशन पक्षधर समूहबीचको ध्रुवीकरणले पार्टीभित्र समानान्तर नेतृत्व र गतिविधि स्थापित भएको अवस्था छ।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा  हुन्। उनले उपसभापति पुर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि पुस २७ गते आयोजित विशेष महाधिवेशनबाट गगन ककुमार थापा सभापति निर्वाचित भए, जसलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो।

तर आधिकारिकतासम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिएपछि उपसभापति विश्वप्रकाश शर्माा बैठकको सभापतित्व गरिरहेका छन्। यसरी देउवा र थापा दुवै ‘सभापति’ दाबीमा छन् भने खड्का र शर्मा कार्यवाहक भूमिकामा सक्रिय छन्।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा चलिरहँदा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसम्पादन समितिको बैठक छुट्टै स्थानमा बस्नुले विभाजनलाई थप स्पष्ट पारेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिएपछि पुरानो कार्यसमितिले आधिकारिकता गुमाएको भए पनि देउवा–खड्का पक्षले अदालतमार्फत कानुनी लडाइँ जारी राखेको छ।

निर्वाचनपछि दुवै पक्षले आ–आफ्नै समीक्षा र संगठनात्मक गतिविधि अघि बढाएका छन्। देउवा नेतृत्व पक्षले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरिरहेको जनाएको छ। विशेष महाधिवेशन पक्षधर समूहले भने चुनावी पराजयका कारण र अन्तर्घातबारे समीक्षा गर्दै कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएको छ।

दुवै पक्षबीच संवादको अभाव देखिएको छ। नेताहरूका अनुसार अनौपचारिक वार्ता भए पनि सहमतिको वातावरण बनेको छैन। अदालतको निर्णय नै अन्तिम निकास हुन सक्ने आकलन गरिए पनि तिक्तता बढ्दै जाँदा निर्णयपछिको एकता पनि सहज नहुने संकेत देखिएको छ।

यसरी समानान्तर संरचना र वैधानिक दाबीका बीच कांग्रेसभित्रको विवाद थप जटिल बन्दै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending