Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ‘ग्रायण्ड प्यारेन्स् डे’

खबरडबली संवाददाता

भक्तपुर । हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा हजुरबुबावीचको सम्वन्ध चाहेर पनि एकै परिवारमा हुन सकिरहेको छैन कतिपय परिवारहरुमा । 

हजुरआमा हजुरबुबाबीचको यही सम्वन्ध विच्छेडलाई थोरै मात्रै भए पनि नजिक ल्याउन सकून भन्ने उद्देश्यले भक्तपुरको एउटा स्कुलले हजुरआमा हजुरबुबाको सम्मानमा विहीबार भक्तपुरमा ग्रायण्ड प्यारेन्स डे सेलिव्रेसन (हजुरआमा हजुरबुबा दिवस २०८१) मनाएको छ । 

हजुरआमा हजुरबुबाबीचको प्रगाढ सम्वन्ध पहिलो जति चल्थ्यो, अहिले त्यो अनेक कारणले असाध्यै कम हुन थालेको हो, आयोजक एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, यो खाडललाई थोरै मात्रै पुर्न सकून् भन्ने उद्देश्य हाम्रो हो । 

कार्यक्रममा स्कुलमा प्ले ग्रुप र नर्सरीमा रहेका विद्यार्थी र तिनका हजुरआमा हजुरबुबालाई सहभागी गराइएको थियो । हजुरआमा हजुरबुबा नभएका वा आउन नभ्याउने बच्चाहरुलाई दुःखको अनुभब नहोस् भनेर त्यस्तो अवस्थाका बिद्यार्थीहरुका लागि आमाबुबालाई भए पनि आउन आग्रह गरिएको थियो । 

साथै हजुरआमा हजुरबुबा आमाबुबा कोही पनि आउन नभ्याउने नानीबाबुहरुका लागि स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीलगायतले अभिभावकत्व ग्रहण गरेका थिए । 

कार्यक्रममा नानीबाबुहरु र हजुरआमा हजुरबुबाहरुलाई सँंगै राखेर माया साटासाट गर्न दिइएको थियो । साथै बालबालिकाहरुले गीत, नृत्य, नाटक देखाएर हजुरआमा हजुरबुबाहरुलाई रमाउन दिएका थिए । साथै हजुरआमा हजुरबुबाहरुले कथा, अनुभब सुनाएका थिए । साथसाथै नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुबाहरुलाई मायास्वरुप प्रदान गरी यसअघि नै बनाएको ग्रेडिंग कार्ड हस्तान्तरण गर्न लगाइएको थियो । 

हजुरआमा हजुरबुबालाई संगसँंगै राखेर चियापार्टी पनि गर्न लगाइएको थियो । कार्यक्रममा एक जना नानीबाबुका घटीमा एकजनादेखि वढीमा चार जनासम्म अभिभावक –हजुरआमा, हजुरबुबा, बुबा, आमा) सहभागी भएको स्कुलका प्रिस्कुल कोअर्डिनेटर प्रेमशिला प्रधानले बताइन् । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरुलाई स्कुलले निरन्तरता दिंदै आएको जानकारी गराइन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE