भक्तपुर । हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा हजुरबुबावीचको सम्वन्ध चाहेर पनि एकै परिवारमा हुन सकिरहेको छैन कतिपय परिवारहरुमा ।
हजुरआमा हजुरबुबाबीचको यही सम्वन्ध विच्छेडलाई थोरै मात्रै भए पनि नजिक ल्याउन सकून भन्ने उद्देश्यले भक्तपुरको एउटा स्कुलले हजुरआमा हजुरबुबाको सम्मानमा विहीबार भक्तपुरमा ग्रायण्ड प्यारेन्स डे सेलिव्रेसन (हजुरआमा हजुरबुबा दिवस २०८१) मनाएको छ ।
हजुरआमा हजुरबुबाबीचको प्रगाढ सम्वन्ध पहिलो जति चल्थ्यो, अहिले त्यो अनेक कारणले असाध्यै कम हुन थालेको हो, आयोजक एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, यो खाडललाई थोरै मात्रै पुर्न सकून् भन्ने उद्देश्य हाम्रो हो ।
कार्यक्रममा स्कुलमा प्ले ग्रुप र नर्सरीमा रहेका विद्यार्थी र तिनका हजुरआमा हजुरबुबालाई सहभागी गराइएको थियो । हजुरआमा हजुरबुबा नभएका वा आउन नभ्याउने बच्चाहरुलाई दुःखको अनुभब नहोस् भनेर त्यस्तो अवस्थाका बिद्यार्थीहरुका लागि आमाबुबालाई भए पनि आउन आग्रह गरिएको थियो ।
साथै हजुरआमा हजुरबुबा आमाबुबा कोही पनि आउन नभ्याउने नानीबाबुहरुका लागि स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीलगायतले अभिभावकत्व ग्रहण गरेका थिए ।
कार्यक्रममा नानीबाबुहरु र हजुरआमा हजुरबुबाहरुलाई सँंगै राखेर माया साटासाट गर्न दिइएको थियो । साथै बालबालिकाहरुले गीत, नृत्य, नाटक देखाएर हजुरआमा हजुरबुबाहरुलाई रमाउन दिएका थिए । साथै हजुरआमा हजुरबुबाहरुले कथा, अनुभब सुनाएका थिए । साथसाथै नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुबाहरुलाई मायास्वरुप प्रदान गरी यसअघि नै बनाएको ग्रेडिंग कार्ड हस्तान्तरण गर्न लगाइएको थियो ।
हजुरआमा हजुरबुबालाई संगसँंगै राखेर चियापार्टी पनि गर्न लगाइएको थियो । कार्यक्रममा एक जना नानीबाबुका घटीमा एकजनादेखि वढीमा चार जनासम्म अभिभावक –हजुरआमा, हजुरबुबा, बुबा, आमा) सहभागी भएको स्कुलका प्रिस्कुल कोअर्डिनेटर प्रेमशिला प्रधानले बताइन् । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरुलाई स्कुलले निरन्तरता दिंदै आएको जानकारी गराइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: