Ntc summer Offer
Khabar Dabali १० असार २०८२ मंगलवार | 24th June, 2025 Tue
Investment bank

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

खबरडबली संवाददाता

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । ट्रोटसनबर्गले आज सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । 

काठमाडौंमा मङ्गलबारदेखि सुरु भइ चार दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडा)को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा–२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आएका थिए । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए । 

आकीहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् । भेटमा मन्त्री पुनले नेपालमा आइडीए–२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताए । उनले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । 

बैठक भव्यरुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उनको थियो । विश्व बैंकसँग नेपालको छ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे । मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गरे । 

उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गरे । सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे । 

उनले २१औँ आइडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे । फरक प्रसङ्गमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे । 

विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए । नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगर महानगरपालिकाले ल्यायो चार अर्ब ४० करोडको बजेट

माेरङ । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार १६औँ  नगरसभामा उपप्रमुख शिल्पा ...

उदयपुरकाे त्रियुगा नगरपालिकाको बजेट एक अर्ब ५३ करोडभन्दा माथि

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५९ हजारको बजेट ल्याएको छ । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को नीत...

कावासोतीमा आगामी वर्षकाे बजेट एक अर्ब ६१ लाख ४४ हजार

मध्यविन्दु । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । मङ्गलबार भएको १७ औँ नगर सभामा...

धनुषा र सिराहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिराहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् ।  प्रतिनिधिसभाको मङ्गलबारको बैठ...

सन्दीपको टोलीलाई ब्रिज डिकेड कप उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको टोलीले ब्रिज डिकेड कपको उपाधि जितेको छ । लन्डनको विल्सायरस्थित डेभाइज क्रिकेट क्...

कृषि व्यवसायलाई प्राथमिकतामा राख्नुपर्छ: राष्ट्रपति पौडेल

देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

दृष्टि मिडियालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन विशेष आदालतकाे आदेश

काठमाडाैं । विशेष अदालतले दृष्टि न्यूज अनलाइन र संवाददातालाई तीन दिनभित्र बयानका लागि बोलाएको छ । ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ भएको भन्दै दृष्टि म...

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ । समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग क...

विनियोजन विधेयककाे पक्षमा मतदान गर्न एमालेकाे ह्विप

काठमाडौं । नेकपा (एमाले) ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।  एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार नेपाल सरकारद्...

सरकारलाई दिएकाे समर्थन बारे जसपा नेपालले ‘पुनर्विचार’ गर्ने

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनबारे ‘पुनर्विचार’ गर्ने भएको छ । यही असार ७ र ८ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending