Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र तनहुँ विजयी

खबरडबली संवाददाता

कास्की । कास्कीको पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की  र तनुहँ विजयी भएका छन् । दुवै जिल्ला लगातार दोस्रो खेलमा विजयी भएका भएका हुन् । 

आज भएको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीलाई सात विकेटले पराजित गर्‍यो । म्याग्दीले टस जितेर ब्याटिङ गर्दै  १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७५ रन बनायो । ‘म्यान अफ दि म्याच’ घोषित कास्कीका कृष्ण पौडेलले चार विकेट लिए । यस्तै सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले दुई दुई तथा विपिन खत्री र आदित्य थापाले एक एक  विकेट लिए । 

ब्याटिङतर्फ म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कास्कीका लागि अर्जुन कुमालले अविजित रहँदै ३१ बलमा पाँच चौका प्रहार गरी ३६ रन बनाए । सिव्रीन श्रेष्ठले १० बलमा १६ तथा रोहित चन्दले ११ बलमा २१ रन बनाए । 

दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई ब्याटिङको निम्तो दियो । बागलुङले निर्धारित २० ओभरको खेलमा नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो । बागलुङका कप्तान आकाश तामाङले ३० बलको सामना गर्दै पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन बनाए । यस्तै चन्द्रदिप यादवले २५ रन बनाए ।

बलिङतर्फ तनहुँका लागि क्रिश ऐरले तीन ओभरमा १२ रन खर्चिएर दुई विकेट लिए । यस्तै चन्द्रकान्त पौडेलले दुई विकेट लिए । जितका लागि एक सय २४ रन पछ्याएको तनहुँले १९ दशमलव चार ओभरमा आठ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । जितसँगै कास्की र तनहुँले समान चार चार अङ्क बटुलेका छन् । आइतबार कास्की र तनहुँबीच तथा बागलुङ र म्याग्दीबीच खेल हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । 

उक्त प्रतियोगिताबाट कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टोली छनोट गरिने उनले बताए । प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखी सुरु भएको प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा आठ जिल्ला सहभागी छन् । कास्की, बाग्लुङ, म्याग्दी र तनहुँ समुह ‘ए’ मा तथा स्याङ्जा, नवलपुर, गोरखा र पर्वत समुह ‘बि’ रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: