कास्की । कास्कीको पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनुहँ विजयी भएका छन् । दुवै जिल्ला लगातार दोस्रो खेलमा विजयी भएका भएका हुन् ।
आज भएको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीलाई सात विकेटले पराजित गर्यो । म्याग्दीले टस जितेर ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७५ रन बनायो । ‘म्यान अफ दि म्याच’ घोषित कास्कीका कृष्ण पौडेलले चार विकेट लिए । यस्तै सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले दुई दुई तथा विपिन खत्री र आदित्य थापाले एक एक विकेट लिए ।
ब्याटिङतर्फ म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कास्कीका लागि अर्जुन कुमालले अविजित रहँदै ३१ बलमा पाँच चौका प्रहार गरी ३६ रन बनाए । सिव्रीन श्रेष्ठले १० बलमा १६ तथा रोहित चन्दले ११ बलमा २१ रन बनाए ।
दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई ब्याटिङको निम्तो दियो । बागलुङले निर्धारित २० ओभरको खेलमा नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो । बागलुङका कप्तान आकाश तामाङले ३० बलको सामना गर्दै पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन बनाए । यस्तै चन्द्रदिप यादवले २५ रन बनाए ।
बलिङतर्फ तनहुँका लागि क्रिश ऐरले तीन ओभरमा १२ रन खर्चिएर दुई विकेट लिए । यस्तै चन्द्रकान्त पौडेलले दुई विकेट लिए । जितका लागि एक सय २४ रन पछ्याएको तनहुँले १९ दशमलव चार ओभरमा आठ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । जितसँगै कास्की र तनहुँले समान चार चार अङ्क बटुलेका छन् । आइतबार कास्की र तनहुँबीच तथा बागलुङ र म्याग्दीबीच खेल हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
उक्त प्रतियोगिताबाट कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टोली छनोट गरिने उनले बताए । प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखी सुरु भएको प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा आठ जिल्ला सहभागी छन् । कास्की, बाग्लुङ, म्याग्दी र तनहुँ समुह ‘ए’ मा तथा स्याङ्जा, नवलपुर, गोरखा र पर्वत समुह ‘बि’ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...
पौष ४ गते, २०८२ - १८:०१
सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
पौष ४ गते, २०८२ - १७:५७
विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...




प्रतिकृया लेख्नुहोस्: