काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार खेपेको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल भारतको ‘ए’ टोलीसँग सात विकेटले पराजित भयो । यस हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।
नेपाल यसअघि पहिलो खेलमा खेलमा पाकिस्तान ‘ए’ सँग ३० रन र दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग १८ रनले पराजित भएको थियो । जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.५ ओभरमा तीन विकेटको क्षतिमा ८२ रन जोड्लै लक्ष्य पूरा गरेको हो ।
भारतका लागि दिनेश वृन्दाले अविजित ३९ रन बनाए। यस्तै तेजल हासाब्नीस १८ र अनुश्का शर्माले १० रन बनाए। बलिङमा नेपालकी मनिषा उपाध्याय, अनु कडायत र सिता रानामगरले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८ ओभरमा ७८ रन जोड्दै अलआउट भएको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाए।
रुवि पोदार र कविता जोशीले समान १२ तथा विन्दु रावलले ११ र कप्तान पूजा महतोले १० रन बनाए। बलिङमा भारतकी तनुजा कन्वरले चार, मिन्नु मनिले तीन र राधा यादवले दुई विकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...
चैत्र २५ गते, २०८२ - १८:५९
काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...
चैत्र २५ गते, २०८२ - १८:५६
विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश
चैत्र २५ गते, २०८२ - १८:४२
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...
चैत्र २५ गते, २०८२ - १८:३७
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...
चैत्र २५ गते, २०८२ - १८:३४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...
चैत्र २५ गते, २०८२ - १८:२४
बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...


प्रतिकृया लेख्नुहोस्: