Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सोमपालको घातक स्पेलपछि स्कटल्याण्ड १७० मा रोकियो, प्रतिष्ठाका लागि नेपाललाई १७१ रनको चुनौती

खबरडबली संवाददाता

मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो। अब नेपालसामु १७१ रनको लक्ष्य छ।

टस जितेर बलिङ रोजेको नेपालले सुरुवातमा भने दबाब झेल्नुपर्‍यो। स्कटल्याण्डका ओपनर माइकल जोन्स र जर्ज मुन्सेले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै बलियो आधार तयार पारे। जोन्सले आक्रामक ब्याटिङ गर्दै ७१ रनको उत्कृष्ट पारी खेले भने मुन्सेले २७ रन जोडे।

पहिलो १० ओभरसम्म स्कटल्याण्ड हावी देखिए पनि त्यसपछि नेपालले खेलमा पुनरागमन गर्‍यो। कप्तान रोहित पौडेलले आफैं बलिङ गर्दै महत्वपूर्ण ब्रेक दिलाएपछि नेपाली टोलीले लय समातेको थियो।

खेलको टर्निङ पोइन्ट १६औं ओभर बन्यो। दोस्रो स्पेलमा आएका सोमपाल कामीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिए। अर्धशतक पार गरेका जोन्सलाई बोल्ड गरेपछि ब्रान्डन म्याकमुलेनलाई पनि कट एन्ड बोल्ड गर्दै स्कटल्याण्डको गति रोके। सोमपालले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।

अन्तिम पाँच ओभरमा नेपालले लगातार विकेट लिँदै स्कटल्याण्डलाई ठूलो स्कोरतर्फ जान दिएन। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ सफलता हात पारे।

स्कटल्याण्ड १७० रनमै सीमित भएपछि नेपालसामु अब १७१ रनको लक्ष्य छ। सुरुवाती तीन खेल हारेर अघिल्लो चरणको दौडबाट बाहिरिसकेको नेपालका लागि यो खेल जित्नु प्रतिष्ठाको प्रश्न बनेको छ।

आजको लक्ष्य केवल दुई अंक मात्र होइन, समर्थकलाई खुशी दिने र विश्वकप यात्रा सकारात्मक अन्त्य गर्ने पनि हो। मुम्बईको ऐतिहासिक मैदानमा नेपालले बलिङमा देखाएको संघर्ष अब ब्याटिङमा दोहोर्‍याउन सके मात्रै प्रतिष्ठा जोगिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: