Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्मेवारीबोध मिश्रित दृश्य देखिन्थ्यो।

धेरैजसो सांसदले ‘जेनजी आन्दोलन’लाई स्मरण गरे। आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद बनाएको छ। प्रमाणपत्र लिन पुगेकी रचना भावुक देखिन्थिन्। “छोराको अनुहार मात्र आइरहन्छ,” उनले अवरुद्ध स्वरमा भनिन्। उनका आँखाबाट निरन्तर आँसु झरिरहे।

उनले सदनमा पुगेर जेनजी आन्दोलनका शहीद र घाइतेको मुद्दा उठाउने बताइन्। “म राजनीति गर्न आएको होइन। हाम्रा छोराछोरीको टाउको, छाती र खुट्टामा गोली लागेको छ। उनीहरूको न्यायका लागि आएको हुँ,” उनले भनिन्। जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ।

आन्दोलनमा खुट्टा गुमाएका मुकेश अवस्थीकी दिदी आकृति पनि समानुपातिक सांसद बनेकी छन्। आफूलाई घाइते र प्रभावित परिवारको साझा प्रतिनिधि ठानेकी उनले भ्रष्टाचारविरुद्धको एजेन्डा सदनसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन्।

“सडकमा उठेको सुशासनको आवाजलाई अब रोस्ट्रमसम्म पुर्‍याउनेछु,” उनले भनिन्। २३ भदौमा भएको आन्दोलनका क्रममा उनका भाइ मुकेशलाई गोली लागेको थियो र उनी हाल उपचाररत छन्।

रास्वपाकी अर्की सांसद समिना मियाँ डेढ वर्षीया छोरी बोकेर प्रमाणपत्र लिन पुगेकी थिइन्। उनले मातृत्व र सार्वजनिक जिम्मेवारी सँगसँगै अघि बढाउने बताइन्। दशक लामो स्वास्थ्य सेवा अनुभव रहेको उनले स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिने बताइन्। “स्वास्थ्यकर्मी न्यून सेवा सुविधाका कारण विदेशिन बाध्य छन्। यो अवस्थालाई चिर्न पहल गर्नेछु,” उनले भनिन्।

नेपाली कांग्रेसकी गंगालक्ष्मी अवालले महिला हिंसाविरुद्ध कानुन सुदृढीकरण, युवा स्वरोजगारमुखी शिक्षा र अर्गानिक कृषि प्रवर्द्धनलाई आफ्नो प्राथमिकता बताइन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की निता घतानीले विभेदमुक्त शिक्षामा जोड दिइन्। सामुदायिक विद्यालयमा हुने भाषा र वर्गीय विभेद अन्त्य गर्नुपर्ने उनको धारणा छ।

नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर बयक ह्वीलचेयरको सहायतामा प्रमाणपत्र लिन आएका थिए। तत्कालीन माओवादी आन्दोलनका घाइते उनले विधिको शासन, अपाङ्गता भएका व्यक्तिको मर्यादा तथा शहीद/बेपत्ता परिवारको न्यायका मुद्दा उठाउने बताए।

रास्वपाका डा. राम लामाले जलस्रोत र ऊर्जामार्फत आर्थिक रूपान्तरणको एजेन्डा अघि सारे। अनुसन्धानबाट आर्जित ज्ञान नीति निर्माणमा प्रयोग गर्ने उनको प्रतिबद्धता छ।

रास्वपाकी पुनम अग्रवालले लगानीमैत्री वातावरण, सुशासन तथा किसानका लागि मल–बीउको सहज उपलब्धतालाई प्राथमिकता दिइन्।

जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले तराईमा सिँचाइ विस्तार, युवा पलायन रोकथाम र जनप्रतिनिधिको उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाउने बताए।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फ रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाज कुरेर थाकेका बिरामी, जोखिमपूर्ण सडकमा मृत्युको यात्रा

‘प्लेन आएको भए छोरा बच्थ्यो’

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ

काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...

निर्यातले धानेको चीनको कार बजार

काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...

९ महिनामै १६ खर्बभन्दा बढी रेमिट्यान्स, विदेशिएका नेपालीले धाने अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...

केहीबेरमै सार्वजनिक हुँदै एसईई नतिजा, बोर्डले गर्‍यो अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...

ट्रेड युनियन खारेजीमा सर्वोच्च ‘स्प्लिट’, दुई न्यायाधीशले भने– “हतारमा आदेश आवश्यक छैन”

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ ...

दुई दिनदेखि बेपत्ता बालककाे खोजीकार्य जारी

सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेख...

नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही...

नीति तथा कार्यक्रमको ‘हुनेछ’ र ‘गरिनेछ’ सुन्दासुन्दा म थाकेँः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending