Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मुक्त हलिया पुनःस्थापनाको नीति निर्माण गर्ने प्रतिबद्धता

खबरडबली संवाददाता

कञ्चनपुर । मुक्त हलिया पुनःस्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । 

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले संयुक्त रुपमा आयोजना गरेको मुक्त हलिया पुनः स्थापनाका लागि नीति तर्जुमासम्बन्धी छलफल कार्यक्रमका सहभागी जनप्रतिनिधिहरू मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक कार्यविधि, निर्देशिकालगायत निर्माण गर्न सहमत भएका हुन् । 

नगर प्रमुख रणबहादुर महराले मुक्त हलिया पुनः स्थापनाका लागि खरिद गरिएको जग्गाको छानबिन हुनुपर्ने बताए । “आवास नै निर्माण हुन नसक्ने जग्गा कुन विधि र प्रक्रियाबाट खरिद गरियो,” उनले भने, “यसको पहिला छानबिन गरौँ, त्यसपछि मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक पर्ने नीति निर्माणतर्फ लागौँ ।”

पुनःस्थापनाका लागि कस्तो नीति आवश्यक पर्छ, आवश्यकताका आधारमा नीति निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पुनःस्थापनाका लागि खरिद गरिएको जग्गाको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

नगर उपप्रमुख कल्पना पन्तले आवास नै नबन्ने किसिमले किन जग्गा खरिद गरियो त्यसको छानबिन गरी टुङ्गोमा पुर्याएर मात्रै नीतिनिर्माणतर्फ लाग्नुपर्ने बताइन । “आवास बन्ने वातावरण भए नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दथ्यो,” उनले भनिन्, “प्राविधिक त्रुटि हुँदा जग्गा खरिदको रकम ‘फ्रिज’ भएको छ ।”

गत आवमै आवास निर्माण सुरु गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिनु हुँदै उनले सो जग्गामा आवास बन्न नसक्ने प्राविधिकले सल्लाह दिएपछि काम रोकिएको बताइन । वडा नं ११ का वडाअध्यक्ष शेरबहादुर साउदले मुक्त हलिया पुनःस्थापनका लागि कार्यविधि बनाउँदै गरौँ, जग्गा खरिदको छानबिन पनि अगाडि बढाउँदै लैजानुपर्ने बताए । 

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष रमेशबहादुर ऐरले मुक्त हलियाको पुनःस्थापनाका लागि कार्यविधि बनाएर कार्य अगाडि बढाउनका लागि आगामी कार्यपालिकामा प्रस्ताव पेस गरिने बताए । पच्चिसजना मुक्त हलियाको सुरक्षित आवास निर्माणका लागि चार वर्षअघि नगरपालिकाले जग्गा खरिद गरेको थियो । 

प्रत्येक परिवारलाई सात धुर जग्गाको जग्गाधनी प्रमाणपत्र पनि उपलब्ध गराइएको छ । खरिद गरिएको जग्गाको मोहडा साँघुरो हुँदा आवास निर्माण हुन सकेको छैन । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले प्राविधिक त्रुटिका कारण मोहडा साँघुरो राखेर कित्ताकाट गर्दा समस्या आएको बताए । “तत्कालीन समयमा समस्या समाधानका लागि पहल गर्दा जनप्रतिनिधिको पदावधि सकियो, त्यसपछि पुनःस्थापनको कार्यले गति लिन सकेन,” उनले भने, “प्रक्रियामा जानु पर्‍यो, प्रक्रियामा गए मात्रै समस्याको समाधान हुन्छ ।” मुक्त हलिया पुनःस्थापनका लागि संस्थासँग त्यसबेला कुनै छलफल भने नभएको उनको दाबी छ । 

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका कार्यकारी निर्देशक हरिसिंह बोहराले मुक्त हलिया पुनःस्थापनका लागि कार्यविधि पारित गर्नुपर्ने र नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका सवाललाई सम्बोधन गर्नुपर्ने बताए । उनले सुदूरपश्चि र कर्णाली प्रदेशमा रहेका मुक्त हलिया पुनःस्थापन, जग्गा खरिद, घर निर्माण, घर मर्मत, परिचयपत्र पाएनपाएका बारे कार्यक्रममा जानकारी दिए । मुक्त हलियाका पक्षमा स्थानीय सरकारले ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माण गर्न सक्ने संवैधानिक र कानुनी आधारहरूबारे उनले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ । अन्तरराष्...

कञ्चनपुरका किसानलाई उखु काट्न भ्याइनभ्याइ

कञ्चनपुर । जिल्लामा चिनी तथा गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका किसान यतिवेला खेतबारीमा व्यस्त देखिएका छन् । बेलौरी–१० शिवनगर, पुनर्वास न...

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending