कञ्चनपुर । मुक्त हलिया पुनःस्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले संयुक्त रुपमा आयोजना गरेको मुक्त हलिया पुनः स्थापनाका लागि नीति तर्जुमासम्बन्धी छलफल कार्यक्रमका सहभागी जनप्रतिनिधिहरू मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक कार्यविधि, निर्देशिकालगायत निर्माण गर्न सहमत भएका हुन् ।
नगर प्रमुख रणबहादुर महराले मुक्त हलिया पुनः स्थापनाका लागि खरिद गरिएको जग्गाको छानबिन हुनुपर्ने बताए । “आवास नै निर्माण हुन नसक्ने जग्गा कुन विधि र प्रक्रियाबाट खरिद गरियो,” उनले भने, “यसको पहिला छानबिन गरौँ, त्यसपछि मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक पर्ने नीति निर्माणतर्फ लागौँ ।”
पुनःस्थापनाका लागि कस्तो नीति आवश्यक पर्छ, आवश्यकताका आधारमा नीति निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पुनःस्थापनाका लागि खरिद गरिएको जग्गाको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
नगर उपप्रमुख कल्पना पन्तले आवास नै नबन्ने किसिमले किन जग्गा खरिद गरियो त्यसको छानबिन गरी टुङ्गोमा पुर्याएर मात्रै नीतिनिर्माणतर्फ लाग्नुपर्ने बताइन । “आवास बन्ने वातावरण भए नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दथ्यो,” उनले भनिन्, “प्राविधिक त्रुटि हुँदा जग्गा खरिदको रकम ‘फ्रिज’ भएको छ ।”
गत आवमै आवास निर्माण सुरु गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिनु हुँदै उनले सो जग्गामा आवास बन्न नसक्ने प्राविधिकले सल्लाह दिएपछि काम रोकिएको बताइन । वडा नं ११ का वडाअध्यक्ष शेरबहादुर साउदले मुक्त हलिया पुनःस्थापनका लागि कार्यविधि बनाउँदै गरौँ, जग्गा खरिदको छानबिन पनि अगाडि बढाउँदै लैजानुपर्ने बताए ।
कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष रमेशबहादुर ऐरले मुक्त हलियाको पुनःस्थापनाका लागि कार्यविधि बनाएर कार्य अगाडि बढाउनका लागि आगामी कार्यपालिकामा प्रस्ताव पेस गरिने बताए । पच्चिसजना मुक्त हलियाको सुरक्षित आवास निर्माणका लागि चार वर्षअघि नगरपालिकाले जग्गा खरिद गरेको थियो ।
प्रत्येक परिवारलाई सात धुर जग्गाको जग्गाधनी प्रमाणपत्र पनि उपलब्ध गराइएको छ । खरिद गरिएको जग्गाको मोहडा साँघुरो हुँदा आवास निर्माण हुन सकेको छैन । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले प्राविधिक त्रुटिका कारण मोहडा साँघुरो राखेर कित्ताकाट गर्दा समस्या आएको बताए । “तत्कालीन समयमा समस्या समाधानका लागि पहल गर्दा जनप्रतिनिधिको पदावधि सकियो, त्यसपछि पुनःस्थापनको कार्यले गति लिन सकेन,” उनले भने, “प्रक्रियामा जानु पर्यो, प्रक्रियामा गए मात्रै समस्याको समाधान हुन्छ ।” मुक्त हलिया पुनःस्थापनका लागि संस्थासँग त्यसबेला कुनै छलफल भने नभएको उनको दाबी छ ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका कार्यकारी निर्देशक हरिसिंह बोहराले मुक्त हलिया पुनःस्थापनका लागि कार्यविधि पारित गर्नुपर्ने र नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका सवाललाई सम्बोधन गर्नुपर्ने बताए । उनले सुदूरपश्चि र कर्णाली प्रदेशमा रहेका मुक्त हलिया पुनःस्थापन, जग्गा खरिद, घर निर्माण, घर मर्मत, परिचयपत्र पाएनपाएका बारे कार्यक्रममा जानकारी दिए । मुक्त हलियाका पक्षमा स्थानीय सरकारले ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माण गर्न सक्ने संवैधानिक र कानुनी आधारहरूबारे उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: