काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गरिने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले आयोजना गर्ने अवार्ड बारे काठमाडाैंमा जानकारी दिइएकाे हाे ।
०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको अवार्डमा सहभागी हुन नेपालबाट करिब दुई दर्जन चर्चित कलाकार अमेरिका जाने छन् भने आयोजक संख्याले अमेरिकामै रहेका नेपाली तथा स्थानीय कलाकार तथा बिभिन्न पेशाका बिशिष्ट ब्यक्तिहरुलाई कार्यक्रममा सहभागी गराउने छ ।
आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले सानैदेखि कलाकारितामा रुचि रहेको भए तापनि आफू खेलकुदमा लागेको स्मरण गर्दै बिगतमा पनि आफूले केही चलचित्र निर्माणमा साथ दिएको उल्लेख गरे ।
उनले भने,‘म नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्दछु । त्यसैले यो क्षेत्रको बिकास,बिस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्धेश्यले अवार्ड आयोजना गर्न लागेको हुँ ।’ यसअघि ग्लोवल फिल्म अवार्डको प्रमुख एक आयोजक भइ प्रयाप्त अनुभव संगालीसकेका उनले अब भने निकै भब्यताका साथ एकल पहलमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्न लागेका हुन् ।
म्याराथुन धावकका रुपमा अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिएर मेडल समेत जितेका उनी पछि अमेरिकामै बसोबास गर्न थाले । खेलाडी, सफल ब्याबसायि हुदै समाजसेवामा पनि उत्तिकै सक्रिय उनले हरेक आर्थिक बर्षभित्र प्रदर्शन भएका नेपाली फिल्महरुलाई समेटेर अवार्ड आयोजना गर्न लागेका हुन् ।
अवार्ड आयोजक टिममा बरिष्ट अभिनेता शिब श्रेष्ठ,खलअभिनेता सुनील थापा, अभिनेत्री,निर्देशक दीपाश्री निरौला,कलाकार सुनील कटवाल र पत्रकार,फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा बिभिन्न १० बिधामा अवार्ड प्रदान गरिने बताइएको छ । केही बिशिष्ट योगदानकर्मी कलाकारलाई बिशेष योगदान सम्मान समेत प्रदा नगरिने अवार्डको अफिसियल एमसी नरेश भट्टराई छन् ।
प्रेसमिटमा बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,सुनील थापा,कृष्ण मल्ल तथा बरिष्ट अभिनेत्री बसुन्धरा भुसालले आयोजक यज्ञलालको कामको तारिफ गर्दै नेपाली फिल्मको श्रीबृद्धिमा यो अवार्डले निकै टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । सोही अबसरमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरियो ।
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्रीहरु भुवन चन्द,बसुन्धरा भुसाल,चैत्य देवी,बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापक समेत रहेका यज्ञलालले संयुक्त रुपमा समाजको उद्घाटन गरे ।
आफूहरुले संसारभर छरिएर बसेका सिन्धुपाल्चोकबासीलाई एकत्रित गरि समाजसेवाको कार्यलाई तीव्रता दिनका लागि समाज गठन गरेको जानकारी अध्यक्ष फुर्वा ग्याल्बो लामाले जानकारी दिए । सिन्धुपाल्चोक समाज,अमेरिकाका अध्यक्ष, युवा ब्याबसायि दीपेश लामाले आफुहरु जहाँ रहे तापनि मन भने आफ्नै जन्मस्थानमा हुने बताउदै सिन्धुपाल्चोकबासी बर्षेनी बाढीपहिरोबाट पीढित हुने गरेकाले आपतबिपद्मा परेकालाई सहयोग गर्न आफूहरु एकजुट भइ लाग्नुपर्ने बिचार राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: