Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदै अभिनेत्री पूजा शर्मा

खबरडबली संवाददाता

काठमाडौं । अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् ।

यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन् । ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ । सधैं प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक काम गरौं न भनेर मैले दान्भी गरेकी हुँ । यो फिल्म गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ । ममा एक्सनको ज्ञान शुन्य नै थियो । तर दान्भीको कामले धेरै कुरा सिकायो’, पुजा भन्छिन् ।

पुजाले एक्सन फिल्मबारे जे सोचेकी थिइन्, त्यो भन्दा धेरै गाह्रो अनुभव उनलाई ‘दान्भी’मा भएको छ । उनको बुझाईमा अहिलेसम्म गाह्रो र मेहनत गरेको फिल्म उनका लागि ‘दान्भी’ नै हो ।

‘यो एक्सन फिल्म नै हो । फिल्म हेरेपछि दर्शकले ओहो भन्नुहुन्छ । हामीले अहिलेसम्म हेरिरहेका एक्सन भन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ । एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ,’ उनले भनिन् ।

पुजा अभिनेत्री रेखा थापाको एक्सनबाट प्रभावित छिन् । उनको बुझाईमा रेखापछि कोही अभिनेत्रीले एक्सनमा आफूलाई देखाएका छैनन् । ‘केटी मान्छेले कस्तो एक्सन गर्दोरहेछ भनेर दर्शकलाई फ्रेसनेस हुन्छ । मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीमा आएको छ । किनभने एउटा केटीले एक्सन गरिरहेको छ, त्यसले मान्छेलाई नोटिस गरेको रहेछ’, पुजाको दाबी छ ।

पुजाका अनुसार उनलाई ‘दान्भी’को एक्सन पाटोले मात्र फिल्ममा काम गर्न प्रेरित गरेको रहेछ । यो फिल्म लभस्टोरी फ्लेभरको भए म गर्दिन थिएँ । सुरुमा ठूला कलाकार ल्याएर गेष्ट अपेरियन्समा एक्सन गर्ने भन्ने थियो । तर म आफैंले गर्ने निर्णय लिएँ । किनभने दर्शकले विराज दाईदेखि अन्य अभिनेताको एक्सन हेरिसकेका छन् । त्यसकारण विराज दाई भन्दा पनि केटीले नै गरौं न भन्ने भयो र मैले गर्ने निर्णय लिएँ । निर्देशकले पनि केटीले नै एक्सन गर्नुपर्छ भन्ने भएपछि कुरा मिल्यो’, पुजा भन्छिन् ।

उनले फिल्मका लागि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना अभ्यास गरिन् । उनका अनुसार उनले फिल्मका लागि सुटिङ स्थलमा १५ दिनसम्म निरन्तर एक्सन गरिरहिन् ।

फिल्मको टिजर र ट्रेलर रिलिज भएपछि विशेषत उनको एक्सन अवतारको जति तारिफ भयो, आलोचना अथवा खिसिट्युरी पनि उत्तिकै भयो । आफ्नो कामले आलोचना पाउँदा उनी केही दुःखी पनि बनिन् । ‘यो गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो होला । नेपालमा यस्तो गर्यो भन्ने हुन्थ्यो । तर एउटा केटीले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ भन्ने सुनें । मैले गन बोकेको छु, म गनसँग डराउने होइन नि त खासमा । मैले अरुलाई हानेको छु । म गनसँग इजी हुनु हो नि । तर मान्छेले बुझ्दा गन बोकेको छ एक्सप्रेसन छैन मात्र भने’, पुजाको बुझाई छ ।

भविष्यमा पनि एक्सन फिल्ममा देखिने वा नदेखिने भन्ने कुरा ‘दान्भी’ रिलिज पछिको प्रतिक्रियाले टुंगो लगाउने पुजाको बुझाई छ । ‘मलाई दर्शकले एक्सनमा रुचाए भने म अवश्य गर्छु । अहिले मलाई एक्सन मुभीकै अफरहरु आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ’, उनी भन्छिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending