Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अब साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र भए पुग्ने

खबरडबली संवाददाता

काठमाडौं । आगामी साउन देखि सवारी चालक अनुमती पत्र लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र भए पुग्ने भएकाे छ । सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्ता गरिरहेको बेला सरकारले साउन १ गतेदेखि भने लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको हाे । 

राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति सरकारले लिएको छ । 

सरकारले राहदानी बनाउनलाई परिचयपत्रको नम्बर अनिवार्य गरेपछि सर्वसाधारण बाध्यताबस बनाइरहेका छन् । यसबाहेक परिचयपत्रको अन्य कुनै प्रयोग छैन । सोही कारण परिचयपत्र बनाउने प्रक्रिया पूरागरेर नम्बर लिए पनि कयौँ नागरिक राष्ट्रिय परिचयपत्र लिन गएका छैनन् ।

परिचयपत्रको वितरणसमेत व्यापक बनाउने योजनामा विभाग छ । अहिलेसम्म परिचयपत्रको काम नै नभएपछि साउन १ गतेदेखि भने व्यापकरुपमा प्रयोगमा ल्याउने निर्णय सरकारले गरेको छ । यही जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले साउन १ गतेदेखि यसको प्रयोग बढाउने निर्णय गरेको थियो । 

मन्त्रीपरिषद्को बैठकअनुसार साउन पहिलो सातादेखि सवारी चालक लाइसेन्स, प्यानकार्ड र मतदाता परिचयपत्रको साटो परिचयपत्र प्रयोग गर्दा हुने व्यवस्था गरिनेछ । यस्तै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता र पेन्सन लिन परिचयपत्र अनिवार्य गरिनेछ । यी काममा भने नम्बरमात्रै भए पनि पुग्नेछ ।

तर अब बन्ने लाइन्सेन्स, मतादाता परिचयपत्र र प्यान कार्डमा परिचयपत्र नम्बर ‘लिङ्क’ गर्न पहिला नै वितरण भइसकेका कागजपत्रमा भने सहज छैन । सोहीकारण, ‘नागरिक एप’ वा अन्य कुनै माध्यमबाट क्यूआर गर्न मिल्ने व्यवस्था गरिनेछ । उदाहरणका लागि सवारी चालक अनुमतिपत्र (लाइ सेन्स) लिइसकेका व्यक्तिको लाइसेन्स नम्बर क्यूआरमार्फत राष्ट्रिय परिचयपत्रमा लिङ्कगराउनु पर्छ । यसका लागि लाइसेन्स धनी यातायात कार्यालयमा पुगेर वा ट्राफिक प्रहरीले नै क्यूआर गरेर ‘लिङ्क’ गरिदिन सक्ने व्यवस्था मिलाइनेछ । 

यस्तै अन्य कागजात (प्यानकार्ड, मतदाता परिचयपत्र) मा समेत क्यूआर विधिमार्फतनै ‘लिङ्क’ गर्ने योजना विभागको छ । यसका लागि नागरिक एपको प्रयोग गर्नेगरी विभाग अघि बढेको सरकारले केही वर्ष अघि डिजिटल नेपाल बनाउने भन्दै नागरिक एपको प्रयोग ल्याएको थियो । तर, यसको समेत सरकारी लक्ष्यअनुरुपप्रयोग नभइरहेको स्थितिमा परिचयपत्रका कारण प्रयोगमा आउन स क्ने स्थिति सिर्जना भएको छ । 

तर सरकारको यो निर्णय कार्यान्वयनमा भने शङ्का गर्न सकिन्छ । सरकारले प्रत्येक पटक राष्ट्रिय परिचयपत्रको प्रयोग व्यापक बनाउने भनिरहे पनि सोअनुसार भएको छैन । यसपटक भने व्यापक प्रयोग सुरु गर्ने पञ्जीकरण विभाग बताउँछ । 'पछिल्लो १ महिना यता निरन्तर परीक्षण भइरहेको छ,’ विभागका परिचयपत्र महाशाखाका निर्देशक मुकेशकुमार केसरी भने, ‘परीक्षण सफल भइरहेको छ । अब साउनदेखि प्रयोगमै आउँछ ।’

नेपाल सरकारले विभिन्न निकायमार्फत विभिन्न कागजात छपाइमा अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको छ । जिल्ला प्रसाशन कार्यालयले नागरिकता, कर कार्यालयले प्यान कार्ड, निर्वाचन आयोगमार्फत मतदाता परिचयपत्र र यातायात कार्यालयले लाइसेन्स छाप्दै आइरहेका छन् । यसबाहेक अन्य निकाले समेत आ–आफ्नो आवश्यकताअनुसार कागजपत्र छापेर वितरण गर्दै आइरहेका छन् । 

सबै निकायले छाप्दै आएको कागजपत्रलाई एकीकृत गर्ने लक्ष्यसहित राष्ट्रिय परिचयपत्रको योजना अघि सरेको थियो । तर लामो समयसम्म पनि सरकारी योजनाअनुरुप काम अघि बढेन । अब भने सरकारी लक्ष्यअनुसार नै राष्ट्रिय परिचयपत्रको प्रयोग व्यापक गर्ने सरकारी योजना छ । 

सरकारले ५ देखि ६ वटा क्षेत्रमा एकैपटक राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने निर्णयगरेपनि अनिवार्य प्रयोगको सु रुवात लाइसेन्स, सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बीमामार्फत गर्ने तयारी गरेको छ । यही नीतिअनुरुप साउन १ गतेदेखि लाइसेन्स नबोके पनि हुने बताइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २० लाख सर्वसाधारण आफ्नो लाइसेन्स छपाइको पखाइमा छन् । प्रत्येक दिन ४ देखि ५ हजारले नयाँ लाइसेन्सको परीक्षा उत्तीर्ण गर्छन् । प्रतिमहिना १ लाख हाराहारीले लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या थपिन्छ । 'लाइसेन्स शब्द नै यतिधेरै बद्नाम भइसक्यो,’ उनले भने, ‘अब परिचयपत्रबाटै यसको सेवा सुरु गर्नुपर्छ ।’

पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचय पत्रमा लाइसेन्स नम्बर ‘लिङ्क’ गर्न क्यूआर गर्नुपर्छ । यो क्यूआर ट्राफिक प्रहरीले नै गर्न सक्छन् । यस्तै यातायात कार्यालयमार्फत समेत क्यूआर गरेर लिङ्क गर्न सकिन्छ । यसो हुँदा साउन १ गतेदेखि सवारी चालकल लाइसेन्स नै नबोके पनि हुने व्यवस्था गर्न लागेर्कोशक केसरीले बताए । ‘सुरुमा यो अप्सनल हुन्छ,’ उनले भने, लाइसेन्स नबोक्दा पनि बोक्छु भने पनि पाइन्छ ।’

यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक रिजालका अनुसार परिचयपत्र छापेपछि लाइसेन्स नछाप्दा पनि हुन्छ । ‘आखिर सरकारले दिने सुविधा एउटै हो,’ उनले भने, ‘अब परिचयपत्रबाटै हुने भएपछि लाइसेन्स किन चाहियो र ?’

उनका अनुसार परिचयपत्रमै ट्रायल पास भएपछि पाइने लाइसेन्स नम्बर जोडिन्छ, जसले लाइसेन्सको समेत काम गर्छ । तर विदेश जानेहरूको हकमा र विदेशबाट आएर नेपाल बसेकाको हकमा भने लाइसेन्स नै छापिने बताइएकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: