Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

खबरडबली संवाददाता

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्नेहरूलाई शनिबार इलाममा ‘आवारा’को टिप्पणी गरेका ओलीले आइतबार झापाको बिर्तामोडमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अवसर लिनेहरूलाई ‘किर्ना’सँग तुलना गरेका हुन्।

पार्टीबाट अवसर लिनेहरू नै असन्तुष्ट रहेको टिप्पणी गर्दै ओलीले एमालेमा बसेर अवसर लिएपछि पार्टी छाड्न खोज्ने प्रवृत्तिमाथि कटाक्ष गरे।

‘किर्ना पनि टन्न खाएर अगाएपछि भैँसीको जिउबाट पुक्लुक्क भुइँमा झर्छ,’ ओलीले भने, ‘एमालेलाई पनि भैँसी बनाउन खोजेका छन् साथीहरूले। खाइन्जेल खाने, खाएर टिल्ल भएपछि छाडिदिने। एमाले त्यस्तो पार्टी होइन।’

उनले पार्टीभित्र बाहिर देखावटी रूपमा समर्थन गर्ने तर भित्रभित्रै असन्तुष्टि राख्ने प्रवृत्तिमाथि पनि टिप्पणी गरे। ‘राधे राधे ओढ्ने, भित्र छुरी राखेर हिँड्ने प्रवृत्ति एमालेमा हुँदैन,’ उनले भने।

ओलीले पार्टी अध्यक्ष हटाउने विषयमा असन्तुष्ट नेता–कार्यकर्ताले सामाजिक सञ्जाल वा हस्ताक्षर अभियानमार्फत दबाब दिनुको सट्टा पार्टीको आन्तरिक बैठकमा कुरा राख्नुपर्ने बताए। अध्यक्ष हटाउने विषयलाई उनले ‘सडकछाप कुरा’ भन्दै यसबारे आफू छलफल गर्नसमेत इच्छुक नरहेको बताए।

उनले पार्टीभित्रको यस्तो गतिविधिलाई अराजक प्रवृत्तिको संज्ञा दिँदै अध्यक्ष हटाउने माग केही स्वार्थी र महत्त्वाकांक्षी व्यक्तिको अभिव्यक्ति भएको दाबी गरे।

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि एमालेमा पार्टी पुनर्गठन तथा नेतृत्व हस्तान्तरणको विषय उठ्दै आएको छ। अध्यक्ष ओलीले भने नेतृत्व परिवर्तनको पक्षमा बहस गरिरहेका नेता–कार्यकर्तामाथि लगातार कटाक्ष गर्दै आएका छन्।

उनले पार्टीमा अवसर पाएकाहरूले एमालेलाई भैँसी बनाएर आफूले चाहेजति खाने र त्यसपछि छाड्ने प्रवृत्ति देखाएको आरोपसमेत लगाए। अवसर नपाएका नेता–कार्यकर्ताले निर्वाचनमा पार्टीलाई मतदान गरे पनि अवसर पाएकाहरूले मतदान नगरेको उनको दाबी थियो।

‘केही मान्छे यस्ता निस्किए, जो पाइरहन चाहन्छन्। अर्काले पाउने भयो भने बुरुक्क उफ्रिन्छन्,’ ओलीले भने।

गृहजिल्लामै मुख्यमन्त्री कार्कीलाई बोल्न दिइएन

कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले सचिव हिक्मतकुमार कार्कीले आफ्नै गृहजिल्ला झापामा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्ने अवसर पाएनन्। पछिल्लो समय पार्टी पुनर्गठनको अभियानमा सक्रिय रहेका कार्की र एमाले अध्यक्ष ओलीबीच सम्बन्धमा खटपट देखिएको चर्चा भइरहेका बेला उनलाई कार्यक्रममा बोल्न नदिइएको हो।

ओली पूर्वी नेपाल भ्रमणका क्रममा झापा पुग्दा कार्की सामान्यतः स्वागतका लागि अग्रपंक्तिमा रहने गरेका थिए। तर शनिबार ओली झापा पुग्दा उनी कार्यक्रममा उपस्थित भएनन्। यद्यपि आइतबार एमाले झापाले आयोजना गरेको कार्यक्रममा भने कार्की ओलीलाई स्वागत गर्न अग्रपंक्तिमा देखिएका थिए।

कार्यक्रममा सहभागी अन्य दुई केन्द्रीय सचिवले बोल्ने अवसर पाए पनि कार्कीलाई सम्बोधन गर्न दिइएन। पार्टी संगठन विभाग प्रमुख तथा सचिव भानुभक्त ढकाल र कोशी प्रदेश इन्चार्ज तथा पार्टी सचिव शेरधन राईले कार्यक्रममा सम्बोधन गरेका थिए।

मुख्यमन्त्री कार्की स्वयं पार्टी सचिवसमेत रहेकाले गृहजिल्लामै आयोजित पार्टीको कार्यक्रममा उनलाई बोल्ने अवसर नदिइनुलाई एमालेभित्रको पछिल्लो आन्तरिक शक्ति संघर्षसँग जोडेर हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको ‘आवारा’ टिप्पणीले एमालेभित्र तरंग, नेतृत्वमाथिको असन्तुष्टि झन् सतहमा

काठमाडौँ  । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...

‘आवारा’पछि ओलीको अर्को कटाक्ष : आफ्नै नेता–कार्यकर्तालाई दिए ‘किर्ना’को संज्ञा

झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...

कोशी सरकारमा नेकपा प्रवेश गर्दै, चार मन्त्रीलाई आजै शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...

नेपाली श्रमिकका लागि प्रमुख गन्तव्यमा ‘सेल्टर हाउस’ बनाउन सरकारसँग एनआरएनएको माग

गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...

सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ   । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...

किन गरिन्छ नागको पूजा ? नागपञ्चमीसँग जोडिएका धार्मिक विश्वास र किंवदन्ती

काठमाडौँ  । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, साना दलको समर्थन निर्णायक

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...

नागपोखरीमा नागदेवताको पूजा, दर्शन गर्न सर्वसाधारणको भीड

काठमाडौँ  । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...

कोशीटप्पुको निगुरो कालीमाटीमा, स्थानीयलाई मासिक लाखौँ आम्दानी

सुनसरी  । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...

देशभर मनसुनी वायुको प्रभाव, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ  । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending