Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

शम्भुजीतको संगीतमा सरिता र डब्बुको बजाईदेऊ न बाजा

खबरडबली संवाददाता

काठमाडौं ।  बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको नयाँ गीत बजाईदेऊ न बाजा....यतिबेला रिलिज भएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार बेलुका रिलिज गरिएको हो ।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीत जती मिठो बनेको छ, भिडियो पनि त्यत्तिकै आकर्षक बनेको यसका संगीतकार बासकोटाले बताएका छन् । गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाईएको छ । उनीहरुबीच अथाह प्रेम भए पनि त्यो प्रेम सम्बन्धलाई परिवारले नरुचाएपछिको समस्यालाई यो गीतमा प्रस्तुत गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।

गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई केही वर्ष अघि गीतिसँग्रह ‘पहिलो भेटमै’मा सँग्रहित गरेर बजारमा ल्याईएको थियो । यो गीतको भिडियो बल्ल रिलिज हुनुको कारणबारे गायिका सरिताले भनिन्,‘त्यतिबेला कोरोना महमारीका कारण हामीले सामाजिक दुरी कायम गरेर गीतिसँग्रह पहिलो भेटमैको बिमोचन गरेका थियौं र विभिन्न रेडियो तथा एफएममा यो गीत हिट पनि भएको थियो । छायाँकन गरेर बल्ल भिडियोको रुपमा यो गीतलाई दर्शकमाझ ल्याईएको हो ।’

यो गीतको भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । सर्लाहीको अहिलेको चर्चित पर्यटकीय क्षेत्र भरत ताल, नुनथर लगायतको ठाउँमा छायाँकन गरिएको हो । त्यहाँको सुन्दर दृष्यले भिडियोलाई अझ आकर्षक बनाएको छ । यो गीतका रचनाकार डब्बु क्षत्रीले आफ्नो गीत र भिडियोले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको बताएका छन् ।

यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता यसराज गराचको अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडीलाई दर्शकले प्रसँसा गरेका छन् । गीतको कोरियोग्राफी कृष्ण रसालले गरेका हुन् । यसराज र सरितासँगै स्थानीय नृत्य कलाकारहरुलाई कृष्णले रमाईलोसँग नृत्यमा उतारेका छन्,‘यसपटक सर्लाहीको ४२ डिग्री सेल्सियस तापक्रममा यो भिडियोको छायाँकन गर्दा केही कलाकार विरामी पनि परेका थिए । तर अहिले भिडियोले राम्रो प्रतिक्रिया पाएको खुसी छु ’कृष्णले भने ।

यो गीतको भिडियोमा प्रविण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग सँयोजन, शर्मिला बुढाथोकीको सृँगार रहेको छ । भिडियोमा रेनु स्याङतानको कलाकार सँयोजन छ भने यसका कलाकारमा रेखा अधिकारी, सुष्मा परियार, कल्पना मगर, कमला थिङ, सविना बल र सविता गुरुङ रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending