Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला

खबरडबली संवाददाता

चितवन । यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो । 

आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउने गरी पाठशाला सञ्चालन गरिने बताए । उनले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिने बताए । 

उनले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो आयोजना गरिएको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा सुरवीर सिंहले एक्स्पोमा तिन दिन नै पाठशाला सञ्चालन हुने बताए । उनका अनुसार भारत, क्यानाडा, नेपाललगायतका विज्ञहरुले नेपाली र हिन्दीमा शिक्षा दिने छन् । सो अवसरमा छ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी  दिँदै सिंहले सो अवसरमा किसानसँग पनि छलफल गरिने बताए । 

उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरापालक किसानले प्रत्यक्ष सवलजवाफ गर्न पाउनुहुनेछ ।” जहाँ डिजिटल पोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिइनेछ । भारतीय पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घका अध्यक्ष उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताए । 

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय विस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने बताए । नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नवीनतम प्रविधिको प्रयोग गरी व्यावसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ । 

नेपाल पोल्ट्री महासङ्घ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा हुने एक्स्पो भरतपुरको चितवन एक्स्पो केन्द्रमा हुनेछ । एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छीपालन, प्रशोधन र बजारीकरणसम्बन्धी प्रदर्शनी हुनेछ । 

एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायत देशका कम्पनीहरुको सहभागिता हुने जनाइएको छ । एक्स्पोले यहाँको पोल्ट्रीसँग अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक्स्पोको पूर्वसन्ध्यामा प्रदर्शक र आगन्तुकले भरतपुरका होटल भरिभराउ भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: