Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपाल प्रहरी श्रीमती संघद्वारा रौतहटमा छात्रवृत्ति वितरण

खबरडबली संवाददाता

रौतहट । नेपाल प्रहरी श्रीमती संघले रौतहटको गरुडास्थित प्रहरी विद्यालयमा अध्ययनरत् छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरेको छ । 

‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाल प्रहरी श्रीमती संघले प्रहरी विद्यालय जिंगडियामा अध्यनरत् छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले संघ स्थापनाकालदेखि नै सेवा मन्त्रलाई आत्मसात गर्दै सेवामुलक कार्यहरू गर्दै आइरहेको बताएकी छिन् ।

विपद व्यवस्थापनको क्षेत्र अथवा जुन अवस्थामा पनि संघले सधै सकारात्मक कार्यहरू गर्दै आएको उनले बताइन् । उनले प्रहरी विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राहरूलाई संघले विशेष प्राथमिकतामा राखेर ३० जनालाई छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष कुँवरले प्रहरी विद्यालयको लाइब्रेरीका लागि पठ्यपुस्तक तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख तथा डिआइजी यज्ञविनोद पोखरेलले रौतहटमा २२ वर्षअघि स्थापना भएको प्रहरी विद्यालय जिल्लामा उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुन सफल भएको बताएका थिए ।

शिक्षाको ज्योति नेपाल प्रहरीका सन्तानलाई मात्र नभई सर्वसाधारण सबै नेपालीका छोराछोरीले  पाइरहेकोमा आफू गौरवान्वित भएको डिआइजी पोखरेलको भनाइ थियो । उक्त अवसरमा रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, डिएसपीद्वय ओमप्रकाश खनाल र गौरव महत, विद्यालयका समादेशक इन्स्पेक्टर पप्पु नायक, नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय सचिव, सहसचिव, मधेश प्रदेश अध्यक्ष लगायतका नेपाल प्रहरीका अधिकृतहरूको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending