Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

पाँचथरमा गुरुङ, तनहुँमा बाँस्तोला र बाँकेमा श्रेष्ठ निर्वाचित

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्लामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन्।

फिदिमस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित भएका छन्। सभापति गुरुङ र उपसभापति तामाङ पुरानै जिम्मेवारीमा दोहोरिएका हुन्।

यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाईली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र लावती चयन भएका छन्। अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ४ जना र प्रदेश अधिवेशन प्रतिनिधिमा २ जना निर्वाचित गर्नुका साथै ३२ वटा विभाग समेत गठन गरेको छ।

रास्वपा तनहुँको अध्यक्ष पदमा पुनः विश्व बाँस्तोला निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा १८७ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी डा. शेषरमण न्यौपानेले ६४ मत पाएका थिए।

उपसभापति पदमा १३१ मतका साथ विष्णुबहादुर पन्त विजयी भए भने उनका प्रतिस्पर्धी पदराज न्यौपानेले १२४ मत प्राप्त गरे। यसै गरी सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् भने सहसचिवमा १२७ मतका साथ दुर्गाकुमार श्रेष्ठ विजयी भएका छन्।

साथै रास्वपा बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले वैधानिक व्यवस्था अनुसारको ५१ प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गराउनु पर्ने थियो। तर, आपसी सहमति जुटाउँदै आइतबार श्रेष्ठलाई सभापति घोषणा गरियो। पहिलो चरणको मतदानमा श्रेष्ठले ८५ र उनका निकटतम प्रतिद्वन्द्वी आनन्दबाबु काफ्लेले ५२ मत पाएका थिए।

यस्तै, उपसभापति पदमा ११९ मतका साथ ईश्वरी लामिछाने, सचिवमा १०० मतका साथ शुभमकुमार गुप्ता र सहसचिवमा फारुक गुज्जर निर्वाचित भएका छन्। अन्य पदहरूमा जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ, दलित सदस्यतर्फ स्मृति नेपाली तथा खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर, एकलाल थापा क्षेत्री र हेमराज बराल निर्वाचित भएका छन्। नवनिर्वाचित नेतृत्वले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन विस्तारमा जोड दिने बताएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending