रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ । प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्द संघर्ष गर्ने निर्णय गरेको हो ।
नगरपालिकामा बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा छलफल भएको छ । पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने, नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल, पार्टीका स्थायी कमिटी सदस्यहरु कान्ति देवी महतो, संजय यादव, नगर उपाध्यक्ष शेरबहादुर पटेल, पुर्व वडा अध्यक्ष ब्रह्ममा यादब, दीप नारायण साह, दीप नारायण चौधरी , नगर उपाध्यक्ष रधाकानत यादव, मुस्लिम मोर्चाका केन्द्रिय महासचिव शेख मोविन्, महिला मोर्चाका केन्द्रीय सचिव सुनिता देवी महतो,दलित मोर्चाका केन्द्रिय सचिव रमा शंकर पासवान, आइटी आर्मीका नगर इञ्चार्ज रामशरण यादव, नगर अध्यक्ष गोपाल साह, सानु भुजेल, रामअधार पटेल, युवा नेता मुकेश साह, प्रमोद पासवान, रामकिशोर साह, रामानन्द यादव,रामाकन्त साह, सहदेव हजार प्यारेलाल यादव लगायतका लगायतको सहभागिता रहेको थियो ।
बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ ।
मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: