काठमाडाैं । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
सातदोबाटोस्थित कराते महासङ्घको एकेडेमीमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्गलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी करिब दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबाहदुर बुढामगरले जानकारी दिए ।
यही जेठ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ २० किलो, २१—२६, २७—३२, ३३—३८, ३९—४४, ४५—५०, ५१—५६, ५७—६२, ६३—६८, ६९—७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी महिलातर्फ २० किलोमुनि, २१–२६, २७–३२, ३३–३८, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२ र ६२ किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर तौल समूह (ब्ल्याक बेल्ट)को पुरुषतर्फ ४४ किलो मुनि, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४, ७५–८० र ८० किलोमाथि, महिलातर्फ ३८ किलोमुनि, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै एकल काताको पुरुषतर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डान) र महिलातर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डानसम्म प्रतिस्पर्धा हुनेछ । समूह काताअन्तर्गत पुरुष सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) र महिला सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) मा प्रतिस्पर्धा हुनेछ ।
उक्त प्रतियोगिता सञ्चालनको लागि करिब रु ५० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: