पोखरा । जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई आज ३-० ले हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको जावलाखेलका लागि ४८ औं मिनेटमा धर्मेन्द्र कुँवरले पहिलो गोल गरे। चर्च ब्वाइजका गोलकिपर दीप कार्कीले डाइभ गर्दै बल समात्ने क्रममा हातबाट फुत्काएपछि धर्मेन्द्रले अवसरको सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
दोस्रो गोल जमैकन खेलाडी निकोलस ह्यामिल्टनले ८८ औं मिनेटमा गरे । उनले गोलकिपर दीपलाई बीट गर्दै सुन्दर गोल गरेर टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयको पहिलो मिनेटमा सुजन गुरुङले तेस्रो गोल थपे । उनले पेनाल्टी बक्स नजिकैबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको हो। जावलाखेलका निकोलस ह्यामिल्टन प्लेयर अफ द म्याच घोषित भए र उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वाटरफाइनल सोमवार मनाङ मर्स्याङदी क्लब र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडका बीच हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: