काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्।
सांसदहरू अब हिजोको जस्तो सामान्य अभियन्ता वा पेसाकर्मी मात्र नरहेको भन्दै उनले पदीय गरिमा कायम राख्न आग्रह गरेको हो । सञ्चार माध्यममा आउन र भाइरल हुन रमाइलो लागे पनि त्यसले पार्ने गम्भीर असरबारे उनले सांसदको ध्यानाकर्षण गराए। कुनै पनि सार्वजनिक अभिव्यक्ति दिनुअघि पार्टी पंक्तिसँग सरसल्लाह गर्न उनले निर्देशन दिए।
सभापति लामिछानेले आफ्ना सांसदलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरे। जनताले पाउने दु:ख र सास्तीको महसुस सांसदले पनि गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “यहाँ जथाभाबी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन । भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्ति वा क्रियाकलापबाट हुनु हुँदैन । प्रत्येक भोटको इज्जत हुनुपर्छ ।”
उनले सांसदको अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै गम्भिर बन्न सचेत गराए। “यदि अझै पनि म हिजोकै जस्तो सार्वजनिक अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने तपाईंहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ,” लामिछानेले भने, “सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस् । जनताका छोराछोरीलाई जुन अप्ठ्यारो पर्छ, तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन । सरकारी सेवालाई चुस्त बनाउने हो भने हामीले त्यहीँबाट सेवा लिनुपर्छ ।”
सांसद भएको ब्याज वा प्रमाणपत्रले एकाएक ज्ञान नदिने भन्दै उनले निरन्तर अध्ययन गर्न र संसद् नचलेको बेला ठुला सेमिनारमा भन्दा गाउँ, टोल र चिया चौतारामा गएर जनताका समस्या सुन्न सांसदहरूलाई निर्देशन दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...


प्रतिकृया लेख्नुहोस्: