रौतहट । रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा दशगज्जामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रूपमा सरसफाई गरेका छन् ।
'सीमाबासीसँग सशस्त्र प्रहरी' कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटको आयोजनामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, दुवै देशका जनप्रतिनिधि,भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त रूपमा दशगज्जा सरसफाइसँगै अन्तर्क्रिया कार्यक्रम समेत गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरैया सहित सशस्त्रका ४५ जना, नेपाल प्रहरीका ३ जना, एसएसबीका १४ जना र स्थानीय गरी झन्डै १५० जनाको टोलीले मंगलबार हात हातमा झाँडु लिएर इशनाथ १ बनजरहा स्थित ३४६.६ नम्बर सीमास्तम्भ (पिलर) देखि,३४६.७ नम्बर पिलर सम्म दशगज्जा क्षेत्रमा झण्डै ८०० मिटर सरसफाई गरेको सशस्त्रका एसपी विक्रम हुमागाईंले बताएका छन् ।
सरसफाइपछि ईशनाथ नगरपालिकाकी मेयर कौशल्या देवीको प्रमुख आतिथ्य तथा दुबै देशका जनप्रतिनिधि सुरक्षा अधिकारीको सहभागीमा भएको अन्तरक्रिया कार्यक्रममा वर्षात् तथा मनसुनको समयमा हुनसक्ने बाढी डुबानबाट उत्पन्न हुने जोखिम, त्यसको समाधानको उपाय, विपदको समयमा फैलन सक्ने विभिन्न रोग तथा सुरक्षात्मक उपायको बारेमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बैठकमा मेयर कौशल्या देवीका साथै सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईं, भारत बिहार घोडासहन ब्लक अन्तर्गत ग्राम पञ्चायत बलुवाका मुखिया महमद फारुक आलम, सीमा सुरक्षा बल एसएसबीका अधिकारीँसँगै दुवै देशका जनप्रतिनिधि तथा स्थानीय भद्र भलादमी गरी दुई सय भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी विक्रम हुमागाईं आएदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: