मकवानपुर । बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको बताए ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ
गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्तरुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज हेटौँडामा शुभारम्भ भएको छ ।
दुईदिने उक्त सुरक्षा गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अधिकृत, सशस्त्र प्रहरीको उच्च अधिकृत र नेपाली सेनाका उच्च अधिकृतहरु सम्मिलित हुनुभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं जानकारी दिए ।
गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, सङ्घीय गृहमन्त्रालयका सचिव एकनारायाण अर्याल, रथी अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक वसन्तराज कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुतराज थापा, बागमती प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्कीसहित सहभागिता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
गोष्ठीले प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर सुरक्षा चुनौतीलाई विश्लेषण गरी जिल्लामा जनताको लागि सेवा प्रवाह गर्ने कार्यमा समीक्षा गरी सुरक्षाको नयाँ अवधारणा तयार गर्ने उद्देश्य रहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीेले बताए ।
प्रदेश र सङ्घीय सरकारबीच साझेदारी कार्यक्रममार्फत प्रदेशको प्रत्येक जिल्लामा शान्ति सुरक्षाको अमन चयन कार्यान्वयनमा आइपरेका समस्यालाई नयाँ सोच र कानुनी प्रक्रियाको अवलम्बन गरी अपराधको अनुसन्धान, नियन्त्रण र जनतामा मानव अधिकारको प्रत्याभूति गर्न सुरक्षाको रणनीतिमा वैकल्पिक उपाय अवलम्बन गर्दै लैजाने सो सुरक्षा गोष्ठीको उद्देश्य रहेको गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए ।
सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, जनतामा सेवा प्रवाह, राहदानी वितरणलगायत अपराध नियन्त्रणको विषयमा प्रस्तुत गर्ने जनाइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: