एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथले आइतबार घेरामा परेको गाजामा अनिकालको चेतावनी दिँदै त्यहाँसम्म पुग्ने सहयातामाथिको अवरोधबाट ‘सर्वनाश’ परिणामको खतरा रहेको बताएका छन् ।
“यदि इन्धन समाप्त भयो भने मानिसहरूलाई आवश्यक पर्ने स्थानहरूमा सहायता पुग्दैन, हामीले लामो समयदेखि भन्दै आइरहेको अनिकाल कायम रहने छ”, दोहामा कतारी अधिकारीहरूको बैठकका अवसरमा एएफपीलाई उनले भने, “मलाई लाग्छ अन्तर्राष्ट्रिय समुदायको नागरिकहरूका रूपमा हाम्रो चिन्ता, यसको परिणाम वास्तवमा अत्यन्त कठिन हुँदैछ, कठिन, कठिन र सर्वनाशकारी ।”
अन्तर्राष्ट्रिय आक्रोशका बीच दक्षिणी गाजा सहर रफाहमा इजराइली घुसपैठले गाजा पट्टीमा पहिलादेखि नै खतरनाक मानवीय सङ्कटलाई अझ गहिरो बनाएको छ ।
मानवीय मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव तथा आपत्कालीन राहत समन्वयकर्ता ग्रिफिथले दैनिक करिब ५० ट्रक सहायता गाजाको सबैभन्दा बढी प्रभावित उत्तरसम्म पुनः खोलिएको इरेज क्रसिङमार्फत पुग्नसक्ने बताए ।
यद्यपि गाजाको दक्षिणमा रफाह र केरेम शालोम क्रसिङ नजिकै लडाइँहरूको अर्थ महत्त्वपूर्ण मार्गहरू ‘प्रभावकारीरूपमा अवरुद्ध’ भएको उनले बताए । “त्यसैले दक्षिण र रफाहका लागि स्थलमार्ग पस्ने सहायता र रफाहबाट करिब शून्य छ”, उनले भने ।
राष्ट्रसङ्घले शनिबार रफाहमा हमास लडाकूहरूमाथि इजराइलको आक्रमणले आठ लाख मानिस ‘पलायनका लागि बाध्य’ भएको बताएको छ । इन्धन, खाद्यान्न र औषधि सकिँदै गएपछि दक्षिणी गाजा सहरमा सैन्य कारवाही ‘हामीले आशङ्का गरेको जस्तो’ भएको ग्रिफिथले बताए ।
“हामी सबैले अत्यन्त स्पष्टरूपमा रफाह कारवाही मानवीय दृष्टिले विपत्ति हो भनेका छौँ, रफाहमा पहिलादेखि नै विस्थापित मानिसका लागि विपत्ति हो, यो उनीहरूको चौथो वा पाँचौँ विस्थापन हो”, उनले भने ।
प्रमुख स्थल क्रसिङ बन्द भएपछि यसै साता संयुक्त राज्य अमेरिकाले बनाएको अस्थायी फ्लोटिङ घाटमार्फत केही राहत आपूर्ति सुरु भएको छ । ग्रिफिथले समुद्री अभियानबाट ‘केही ट्रकको सहायता प्राप्त हुन थालेको’ भन्दै ‘यो स्थल मार्गको प्रतिस्थापन नभएको’ चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८१ - २१:०५
काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ब...
श्रावण ११ गते, २०८१ - २०:३९
विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७...
श्रावण ११ गते, २०८१ - २०:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक क...
श्रावण ११ गते, २०८१ - २०:१८
काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गएराती मृत्यु भएका कीर्तिप...
श्रावण ११ गते, २०८१ - २०:१५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् । ...
श्रावण ११ गते, २०८१ - १९:३५
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभ...
श्रावण ११ गते, २०८१ - १९:३१
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्...
श्रावण ११ गते, २०८१ - १९:२८
काठमाडौं । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, म...
श्रावण ११ गते, २०८१ - १९:२३
दुल्लु । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षी...
श्रावण ११ गते, २०८१ - १९:२०
कास्की । यस वर्षको मनसुन सुरु भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् । यसबिचमा जिल्लामा बाढीपहिर...
प्रतिकृया लेख्नुहोस्: