विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि सोमबार बिहानै डोजर चलाइएको छ। अस्पताल प्रशासनले व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका २६ वटा सटर भत्काएर सरकारी जग्गा खाली गराउने अभियान सुरु गरेको हो।
विराटनगर–७ अस्पताल चोकस्थित अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका थिए। ती संस्थाले निर्माण गरेका सटर तेस्रो पक्षलाई भाडामा दिँदै आएको अस्पताल प्रशासनको भनाइ छ।
अस्पताल प्रशासनका अनुसार सरकारी स्वामित्वको जग्गा व्यावसायिक रूपमा प्रयोग भइरहेको पाइएपछि डोजर प्रयोग गरी २६ वटा सटर भत्काएर प्रयोग गर्न नमिल्ने बनाइएको हो।
संरचना हटाउने क्रममा मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो।
यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा बनेका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए।
मन्त्रीहरूको निर्देशनपछि अस्पताल प्रशासनले असार ५ गते पहिलो पटक १५ दिने सूचना जारी गरेको थियो। त्यसपछि असार २१ गते पुनः सात दिनको अन्तिम सूचना प्रकाशित गर्दै संरचना खाली गर्न आग्रह गरिएको थियो।
अस्पतालले दिएको अन्तिम समयसीमाभित्र अधिकांश व्यवसायीले आफ्ना सामान हटाइसकेपछि सोमबार बिहानै डोजर परिचालन गरेर संरचना हटाउने काम अघि बढाइएको हो।
अस्पताल प्रशासनले सरकारी सम्पत्तिको संरक्षण, अस्पतालको विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...
आषाढ़ २९ गते, २०८३ - ०७:५४
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्य...
आषाढ़ २९ गते, २०८३ - ०७:४८
विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि सोमबार बिहानै डोजर चलाइएको छ। अस्पताल प्रशासनले व्यापारिक...



प्रतिकृया लेख्नुहोस्: