Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

महाेत्तरीका गरिब बस्तीमा इन्धनको चिन्ता

खबरडबली संवाददाता

महोत्तरी । बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो लागेकाले उनीहरुले पतिङ्गर सोहार्न पाएनन् । सोही कारण झुपर बस्तीका स्थानीयवासी बर्खामा खानेकुरा के ले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन् । 

अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने इन्धन छैन । “अमकीबेर पतोइ नई समटायल, बर्खामें केना खाना बनतै” (यसपालि पतिङ्गर समेट्न सकिएन, बर्खामा अब कसरी खाना पाक्ला ?) भङ्गाहा-६ हसिर्वाको झपौल बस्तीकी हेमकली सदा मुसहर भन्छिन्, “बोइन कक लायल दाना भी पकाक खाएके नोवत नइरहल” (मजदुरी गरेर ल्याइने अन्नपात पनि पकाएर खाने अवस्था रहेन) । जिल्लाका मुसहर, बाँतर  समुदायका गरिबको पतिङ्गर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो । 

“चैत, वैशाख हमनीके पतोई सम्टके बेर रहैछै, मुदा अइसाल जङ्गलमें सुनगाइल आइगके कारण नई सम्ट सकली” (चैत, वैशाख हाम्रो पतिङ्गर सोहोर्ने बेला हो, तर यसपालि डढेलोले दिएन) गौशाला-४ की भुल्ली सदाले भनिन्, “गामघरमें गिरहत फुलबारीमें पैस नई देइय, हमरा सबसन गरिबके कोनो जिनगी अई” (गाउँघरका मालिक बगैँचामा पस्न दिँदैनन्, हामीजस्ता गरिबको कुनै जिन्दगी हो ?) सङ्कलित पतिङ्गर बेचेर कमाउने नगद पनि यसपालि नभएको भङ्गाहा-४ पलारको बाँतरटोलकी पल्टी बाँतरले गुनासो गरिन । 

यहाँका स्थानीयवासीले चैत र वैशाखमा सङ्कलन गरेका पतिङ्गर आफू्लाई वर्षभरि चाहिने राखेर अरु किसानलाई बेचेर आम्दानी लिन्थे । बारीमा रोपिएका परवल, ओल, पिँडालु, अदुवा र बेसारलाई माटोमा चिस्यान राखिरहन पतिङ्गरले छोप्ने गर्छन् । वनक्षेत्रको पतिङ्गर सोहोर्न नपाएपछि आउने बर्खाको इन्धनको जोहोका लागि स्थानीवासीहरु अहिले सडक, चउर र चरनक्षेत्र चहार्दै छन् । यी ठाउँमा केही गोबर सङ्कलन गर्नसके चिपरी पथारेर सुकाउन सकिने उनीहरुको आशा छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending