Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको अपेक्षा

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो आक्रमण बढाउने अपेक्षा रहेको भनदै किभसँग आक्रमण रोक्न आवश्यक हवाई रक्षाको एक चौथाई मात्र रहेको चेतावनी दिए । 

हालैका महिनामा केवल मध्यमप्रगति गरेका रूसी सेनाले १० मे मा खर्सिव क्षेत्रमा आश्चर्यजनक आक्रमण गरेका थिए जसको परिणामस्वरूप डेढ वर्षमा उनीहरूको सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको छ । युक्रेनी सेनाले रोक्नुअघि रुसी सेना उत्तरपूर्वी सीमामा पाँचदेखि दश किलोमिटर अगाडि बढ्न सफल भएको जेलेन्स्कीले बताए । यो क्षेत्रमा व्यापक आक्रमणको “पहिलो लहर” हुनसक्ने बताए । 

“म रुसका लागि यो एक ठूलो सफलता भन्न सक्दिन तर उनीहरू हाम्रो क्षेत्रमा प्रवेश गरिरहेका छन् भन्नेमा हामी सचेत हुनुपर्दछ”, आक्रमण सुरु भएदेखिको विदेशी मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा उनले भने । जेलेन्स्कीले खर्सिव क्षेत्रको स्थिति “नियन्त्रण” गरिएको तर “स्थिर नभएको” बताए । युद्धको तेस्रो वर्ष बित्दै जाँदा रसियाको हवाई श्रेष्ठताको सामना गर्न थप हवाई रक्षा र लडाकू जेटहरू पठाउनका लागि उनले सहयोगीलाई अनुरोध गरे । 

“युक्रेनलाई रुससँग हवाई “समानता” हासिल गर्न “१२० देखि १३०” एफ–१६ लडाकू जेट वा अन्य उन्नत विमान चाहिन्छ जेलेन्स्कीले बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता चीन भ्रमणका क्रममा मस्कोले “सुरक्षा क्षेत्र” सिर्जना गर्न खोजिरहेको र युक्रेनले सीमा क्षेत्रमा गरेको गोलाबारीको बदलामा उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरेको बताए । 

रूसी सेनाले मे ९  र १५ को बीचमा दुई सय ७८ वर्ग किलोमिटर कब्जा गरेको छ । यो २०२२ को अन्त्य पछि उनीहरूको सबैभन्दा ठूलो लाभ रहेको युद्ध अध्ययन संस्थानको डाटाले बताएको हो । रुसको आक्रमणपछि युक्रेनले उत्तरपूर्वी सीमा क्षेत्रबाट करिब नौ हजार मानिसलाई उद्धार गरेको छ । 

पुटिनले आफ्नो सीमाबाट करिब तीस किलोमिटर टाढा रहेको युक्रेनको दोस्रो सहर खर्सिवलाई कब्जा गर्ने कुनै इच्छा नभएको बताए । खर्सिव क्षेत्रका युक्रेनी गभर्नर ओलेग सिनेगुबोभले रूसले खर्सिव सहरबाट करिब बीस किलोमिटर उत्तरपूर्वमा रहेको लुक्यान्ट्सी गाउँ नजिकै आफ्नो पकड जमाउँदै गएको चेतावनी दिए । रुसी आक्रमण विस्तारको पूर्वानुमान गर्दा, जेलेन्स्कीले युक्रेनको कर्मचारी व्यवस्थापन र “मनोबल”सम्बन्धी समस्या रहेको स्वीकार गरे । 

युद्ध अन्त्यको कुनै सङ्केत नहुँदा, युक्रेनी सेना भर्तीका लागि सङ्घर्ष चलिरहेको छ र लडाकु रोटेसनको अभावमा थकित र रिसाइरहेका छन् । धेरै युक्रेनी सैनिक डिस्चार्ज हुने सम्भावना बिना नै निरन्तर दुई वर्षभन्दा बढी समयदेखि लडिरहेका छन् । शनिबार लागु हुने विवादास्पद परिचालन कानून अन्तर्गत किभले पुरुषहरूको उमेर सत्ताइसबाट घटाएर पच्चीस बनाएको छ । तर सांसदहरूले छत्तीस महिनाभन्दा बढी सेवा गरेका सैनिकहरूलाई डिस्चार्ज गर्ने विकल्प दिने प्रस्तावलाई खारेज गरेका छन् । 

जेलेन्स्कीले शुक्रबार प्यारोलको बदलामा कैदीहरू भर्ती गर्न अनुमति दिने कानूनमा पनि हस्ताक्षर गरे । पश्चिमी सहयोगीले युद्धको द्रुत अन्त्यका लागि दबाब दिँदै गर्दा जेलेन्स्कीले युक्रेनले अझै पनि लामो खेल खेल्नेमा जोड दिए । “पश्चिम युद्धको द्रुत अन्त्य चाहन्छ तर युक्रेनका लागि अन्तिम विजय रुसको पराजय निम्त्याउँछ”, उनले भने ।

रूसी सेनाले सीमा नजिकैको लगभग सुनसान सहर भोभचान्स्कलाई नष्ट गर्न थालेको युक्रेनी अधिकारीहरु बताउछन् । उनीहरूले आफ्नो कमान्ड मुख्यालयको रक्षा गर्न “मानव ढाल” का रूपमा प्रयोग गर्न दर्जनौँ सर्वसाधारणलाई पक्राउ गरेको आरोप पनि लगाएका छन् । 
किभले रुस र संलग्न क्रिमिया प्रायद्वीपमा ड्रोन प्रक्षेपण गर्दै यस हप्ता सबैभन्दा ठूलो मध्यको एक हवाई आक्रमण सुरु गर्यो । रुसी सेनाले देशको दक्षिण क्षेत्र, क्रिमिया र ब्ल्याक सीमा सयभन्दा बढी युक्रेनी ड्रोन खसालिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: