वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीनवटा एक्जाभेटर लगाएर भत्काएको हो ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताए । “भगवान्लाई बन्धक बनाएर राख्न पाइँदैन, श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ”, नगरप्रमुख सिंहले भने, “वीरगञ्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवान्लाई बन्धक बनाएर राख्ने चलन छ । त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ ।”
महानगरले मन्दिरको मुलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्जाभेटर लगाएर भत्काएको हो । नगरप्रमुख सिंहले केही व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक मठमन्दिर वरपर संरचना निर्माण गराएर कमाइखाने भाँडो बनाइरहेकाले सोलाइ हटाउने अभियान थालेको बताए ।
“केही व्यक्तिले बिनाअनुमति मन्दिरको सौन्दर्यकरणलाई प्रत्यक्ष प्रभावित पार्नेगरी विभिन्न सटर थापेको पनि पाइयो”, उनले भने, “गीता मन्दिर परिसरमा अनुमतिबेगर नै व्यापारिक सटर निर्माण गरेर सञ्चालन गरेको पाइएपछि भत्काएका हौँ ।”
नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबारको स्पष्ट नभएको पनि दाबी गरे । “हामीले १२ दिन अगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ । सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ । तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ ।” सो परिसरमा आधा दर्जनभन्दा धेरै सटर रहेका थिए ।
नगरप्रमुख सिंहले अनधिकृत संरचना भत्काएसँगै अब मन्दिर परिसरलाई व्यवस्थित गराउने बताए । “गीता मन्दिर परिसरमा अनधिकृत संरचनालाई पूर्ण रूपमा हटाएर तुरुन्तै व्यवस्थित रूपमा नयाँ खालको आवश्यक संरचना बनाएर अघि बढाउनेछौँ ।”
वीरगञ्ज महानगरले पछिल्लो समय अतिक्रमणमा परेको सार्वजनिक जग्गालाई फिर्ता गर्ने काम गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: