Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा

खबरडबली संवाददाता

पर्सा । वीरगञ्ज आसपासका क्षेत्रमा चर्काे गर्मी बढेसँगै महानगरभित्रका शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै आइरहेका छन् । गर्मीले दिनको समयमा पठनपाठनमा समस्या भएसँगै वीरगञ्ज महानगरभित्रका विद्यालयले बिहानको समयमा अध्ययन अध्यापन गराउन पाउँदा विद्यार्थी तथा शिक्षक दुवैले राहतको महसुस गरेका छन् । 

बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई बिहानको समयमा विद्यालयमा आउने बानी पार्न केही समस्या भए पनि अन्य तहका विद्यार्थीहरुको भने उत्साहजनक उपस्थिति हुँदै आइरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकले  जनाएका छन् । 

नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बलिरामपुरका प्रधानाध्यापक (प्रअ) चन्देश चौहानले दिउँसोको समयमा चर्काे गर्मी भएसँगै बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको बताए । “उखरमाउलो गर्मीले दिनको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको थियो”, उनले भने, “बिहानको समयमा कक्षा सुरु गरेसँगै अहिले पठनपाठन कार्य अघि बढ्दै आइरहेको छ ।” प्रअ चौहानले गर्मीयामका कारण सानो कक्षामा अध्ययन गरिरहेका छात्रछात्रालाई सबेरै विद्यालय आउन केही दिन समस्या भए पनि विस्तारै सुधार हुँदै आइरहेको बताए । 

नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा तीन सय ५० भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् । “केही समयअघिसम्म तराई–मधेसको मौसम ससाना बालबालिकाको लागि सुहाउँदो खालको थिएन । चर्काे गर्मीले पठनपाठनमा पनि धेरै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको थियो”, उनले भने, मङ्गलबार र बुधबार दिउँसोको समयमा वीरगञ्ज आसपासका क्षेत्रमा वर्षात् भएर तापक्रम केही घटेको छ । तर यो अवस्था सधैँ रहँदैन । त्यसैले पनि बिहानीको सत्रमा अध्ययन गराउँदा सहज भइरहेको छ ।”

विद्यालयले अघिल्ला वर्षमा पनि बिहानी सत्रमा अध्ययन अध्यापन गर्ने गरेको थियो । नेपाल रेल्वे मावि वीरगञ्जका प्रधानाध्यापक प्रभुप्रसाद रौनियार बिहानी समयमा सञ्चालित कक्षाले विद्यार्थीलाई अध्ययन गर्न सहज भएको बताउँछन । “हाम्रो विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र भएकाले पनि नियमितरुपमा बिहानी कक्षा सञ्चालन गर्न सकिरहेका छैनौँ”, उनले भने, “कक्षा १२ को परीक्षा आजदेखि सकियो । अब भोलिदेखि नियमितरुपमा बिहानको कक्षा सञ्चालन गर्नेछौँ ।”

प्रअ रौनियारले चर्को गर्मी र हावाहुरीका कारणले पनि बिहानको समयमा कक्षा सञ्चालन गर्दा सहज भएको बताए । “चर्काे गर्मीकै बिहान १० देखि ४ बजेसम्म कक्षा सञ्चालन गर्न निकै समस्या हुन्थ्यो । यो क्षेत्रमा कम्तीमा ४० डिग्री तापक्रम पुगिसकेको छ”, उनले भने, “विद्यालयले बिहान ६ बजेदेखि ११ः३० बजेसम्म बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसमा विद्यार्थीको उपस्थिति पनि राम्रो छ ।”

वीरगञ्ज महानगरपालिका नगरशिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । सो निर्णय गत वैशाख २० गतेदेखि कार्यान्वयनमा आएको छ । 

महानगरले बिहानका समयमा शिक्षण सिकाइको समयलाई पनि कमी नहुने गरी कक्षा चलाउन अनुरोध गर्दै आएको छ । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ । 

गत शैक्षिकसत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिकसत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका थिए । यो वर्ष गत आवभन्दा १० प्रतिशत बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: