Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बारामा विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध

खबरडबली संवाददाता

बारा । बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । 

स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकहरुलाई हाजिर नगराउन भन्दै केही अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा गत मंगलवार तालाबन्दी गरेका थिए । 

प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दीको खोल्ने बारेमा पहल नभएपछि विद्यालयका शिक्षक कर्मचारीहरुले बिहीवारबाट पठनपाठन ठप्प पार्ने निर्णय गरेका हुन । बिहीवार बसेको शिक्षक कर्मचारीहरुको संयुक्त बैठकले केही मान्छेहरुले विद्यालयका प्रधानाध्यापक साहको कार्यकक्षमा तालाबन्दी गरेपछि पठनपाठनको लागि सहज वातावरण नभएको भन्दै तालाबन्दी नखोलिएसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । 

शिक्षक सेवा आयोगको परीक्षा उर्तीण गरेका २ जना शिक्षकहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइको सिफारिमा निजगढ नगरपालिका शिक्षा शाखाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेपछि रुष्ट बनेका केही अभिभावकहरुले प्रधानाध्यापक साहको कार्यकक्षमा तालबान्दी गरेका थिए । 

उनीहरुले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने माग गरेका छन् । विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थपना गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ । 

अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन् । ‘सहमति माग गर्न आउनुभएको थियो, प्रधानाध्यापक साहले भने, तर विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले सहमति पत्र दिन सकिएन ।’ उनले समितिको निर्णय बेगर प्रधानाध्यापकले एक्लै सरुवा सहमति दिन नसक्ने पनि बताए । विद्यालयमा अभिभावकबाट चुनिने ४ जना सदस्यको चयन भइसकेको भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको प्रधानाध्यापक साहले जानकारी दिए ।

नगर शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर नगरपालिकामा शिक्षा समन्वय इकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थपाना गर्ने निर्णय गरेको थियो । शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको हो ।

निजगढ नगरपालिका १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए । उनले शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए । विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending