Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग

खबरडबली संवाददाता

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ । 

विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित एक टोलीले आज मुख्यमन्त्रीसँग भेटगरी अग्निपीडितको बसोबासका लागि अहिलेसम्म कुनै काम अगाडि नबढेका भन्दै तत्काल प्रदेश सरकारले पहलकदमी लिन आग्रह गरेको हो । 

त्यसअवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसका नेता रामसरोज यादव, तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता जीवनाथ ठाकुर, तमलोपाका रविशङ्कर सुभाष, उमेश मण्डल, विभा ठाकुर, विमला साह, वैद्यनाथ साहलगायतको सहभागिता रहेको थियो । 

उनिहरुले एकद्वार प्रणालीको नाममा राहत वितरण गर्न चाहनेहरूलाई समेत अवरोध गरिएको भन्दै त्यसमा सहजीकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । 

कांग्रेस प्रदेशसभा सदस्यसमेत रहेका रामसरोज यादवले राजनीतिक आस्था, पहुँच र प्रभावका आधारमा नभई पीडितको अवस्था र आवश्यकताका आधारमा राहत वितरण गरिनुपर्ने र घरबासका लागि प्रदेश सरकारले तत्काल प्याकेज घोषणा गरी काम अगाडि बढाउनुपर्ने माग आफूहरुले राखेको बताए । 

उनले अहिलेसम्म बसोबासलगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा दुःख प्रकट गर्दै यथाशीघ्र सो कार्य गर्न आग्रह गरिएको समेत जानकारी दिए । 

मटिहानी नगरपालिका—६ जरलहवा बस्तीमा गत वैशाख १२ गते भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेका छन् भने थप करिब ५० भन्दा बढी घरमा क्षति पुगेको छ । 

त्यसैगरी मधेश प्रदेशमा भूमिगत जलको सतह घट्दै गएकाले खानेपानीको संकट आउन नदिन अल्पकालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्न पनि आग्रह गरिएको र मधेश प्रदेश बढ्दै गएका हत्या र दुर्घटनाका घटना न्यूनकिरणमा समेत गम्भीर हुन मुख्यमन्त्रीलाई आग्रह गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending