Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विश्व प्रेस स्वतन्त्रता दिवसः वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

खबरडबली संवाददाता

काठमाडौं । विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का छेउछाउका दिनमा यसै दिवससँग सम्बन्धित कार्यक्रमको आयोजना गर्ने गरिन्छ । स्वभाविक रुपमा नेपाल पनि अपवाद छैन ।

नेपालमा पनि पछिल्ला वर्षहरुमा यो दिवस मनाउन थालिएको छ । सरकारीस्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने नेपालमा यो दिवस सन् १९९५ देखि नै मनाउन थालिएकोे हो । नेपालमा पनि मे ३ का अवसरमा विविध कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् । वर्षभरिका प्रेस स्वतन्त्रताका उल्लङ्घनका घटनालाई सम्झिने र स्वतन्त्र प्रेसको अवस्थाको मूल्याङ्कन गर्ने दिनका रुपमा पनि मे ३ महत्वपूर्ण छ । तर सोचनीय के छ भने एक दिन सम्झिने र त्यसपछि खासै क्रियाशील नहुने अवस्थाका आधारमा कति उपलब्धि प्राप्त गर्न सकिएला ? नेपालको सन्दर्भमा पनि धेरथोर यस्तै अवस्था विद्यमान छ भनियो भने अन्यथा हुने छैन । 

नामिवियाको विण्डहक सहरमा सन १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो । चिली र युनस्कोले यस पटक ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा एक सम्मेलनको आयोजना गरिरहेका छन् । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्दछ । युनेस्कोले यस वर्षअर्थात् सन् २०२४ का लागि प्रेस फोर द प्लानेटः जर्नलिज्म इन द फेस अफ द इनभायरोमेन्टल क्राइसिस भन्ने विषय तय गरेको छ ।

नेपाल पत्रकार महासङ्घले नेपालीमा यसको अनौपचारिक अनुवाद पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटका समयमा पत्रकारिता भनेर गरेको छ । यस पटकको यो दिवस वर्तमान वैश्विक वातावरण सङ्कटका समयमा पत्रकारिताको महत्वका सन्दर्भमा समर्पित छ । हो, पछिल्लो समयमा विश्वमा वातावरणीय समस्या क्रमशः चुलिँदै गएको छ । जलवायु परिवर्तन विश्व सरोकारको विषय बनेको छ । संयुक्त राष्ट्र सङ्घजस्ता संस्थाले पनि यस विषयलाई प्राथमिकतामा राखेको निकै भइसकेको छ ।

केही महिना पहिले नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनिओ गुटरेसले पनि नेपालका हिमालहरुलाई जोड्दै जलवायु परिवर्तनका सम्बन्धमा व्यक्त गर्नुभएको अभिव्यक्ति स्वयम्मा महत्वपूर्ण छ । यसै विषयमा बर्सेनि विश्व सम्मेलनहरु आयोजन हुने गरेका छन् । अहिले विश्वभरि नै प्राकृतिक सम्पदाको दोहन आफू अनुकूल गर्ने प्रवृत्ति बढ्दो छ ।

विश्वका सर्वोच्च शिखर सगरमाथालगायतका हिमालका हिउँ पग्लने र हिउँ नै नपर्ने समस्या अब नौलो रहेन । नदीका जल सतह बढ्ने वा घट्ने कुरा पनि अब नयाँ रहेन । युएईमा यस वर्ष परेको वर्षाले त्यहाँ बाढीको विभिषिका निम्त्यायो । नेपालको तराई भूमिमा जमिनमुनिको पानीको सतह दिनहुँ तल गइरहेको छ, । विगत एक सय ७० वर्षमा गत वर्ष २०२३ सर्वाधिक तातो वर्ष रहेको अध्ययनहरुले दाबी गरिरहेको छ । मालदिभ्सजस्ता केही देशको भविष्य सङ्कटाभिमुख छ । यस्ता अनेक उदाहरण छन्, 

जसका आधारमा विश्वमा वातावरणीय सङ्कटका परिणाम मानव सभ्यताका सामु देखा परिरहेको मान्न सकस छैन । तर यति हुँदाहुँदै पनि मानव सभ्यता विद्यमान सङ्कटप्रति गम्भीर भएको पाइँदैन । वातावरणमा देखिएको यो सङ्कट समाधानका दिशामा वर्तमान पुस्ताले गम्भीरता देखाउन सकेन भने यो पुस्ताले भावी पुस्तालाई यो पृथ्वी यहीरुपमा हस्तान्तरण गर्न सम्भव छैन । यो भनेको भावी पुस्ताप्रतिको गैरजिम्मेवार दायित्व निर्वहन हो ।

यस पृष्ठभूमिमा युनेस्कोले यस वर्ष उठान गरेको विषय अत्यन्त सान्दर्भिक रहेको मान्न सकिन्छ । सूचना सम्प्रेषणलगायतका पत्रकारिताका धेरै कार्यमध्ये एक महत्वपूर्ण कार्य हो शिक्षाको प्रसार वा जनचेतनाको जागृति । युनेस्कोले चयन गरेको विषयको महत्व पत्रकारिताको यसै कार्यसँग सम्बद्ध छ । 

वातावरणीय सङ्कटसँग जुधिरहेको पृथ्वीको रक्षाको गुरुत्तर दायित्व पत्रकारिताको काँधमाथि छ । पत्रकारिताले वातावरण संरक्षणको षिषयलाई विश्वव्यापी एजेण्डा बनाएर स्वतन्त्र प्रेसको दायित्व निर्वाह गरोस् भन्ने पनि युनेस्कोले आफ्नो नारामार्फत सन्देश दिन चाहेको भनेर बुझ्नु गलत हुने छैन ।

पछिल्लो विश्वमा पत्रकारिताको सामाजिक उत्तरदायित्वको सिद्धान्त निकै लोकप्रिय मानिन्छ । निश्चित पनि वातावरण्ीय मुद्दा उठानका विषय पनि सामाजिक उत्तरदायित्व निर्वहनकै अन्तर्गत पर्ने कुरामा विमति हुन सक्दैन । विश्व पत्रकारिता समुदायले पनि यो सत्य बुझ्न ढिला गर्नुहुँदेन । तर यो सिद्धान्त जतिसुकै लोकप्रिय भए पनि व्यवहारमा भने यसको इमान्दार अनुवाद भएको बिरलै मात्र पाइन्छ । यस सन्दर्भमा कार्बन उत्सर्जनको विषयलाई अत्यन्तै सशक्त उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ ।

विश्वका विकसित राष्ट्रहरुले विकासका नाममा ठूलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको कुराबाट विश्व समुदाय अनभिज्ञ छैन । यसबाट ती देशले त आर्थिक सम्पन्नता प्राप्त गरेका छन । विडम्बना, अल्पविकसित साना राष्ट्रहरु यसको मारमा परिरहेका छन् । तर ती ठूला र विकसित देशमा कार्बन उत्सर्जनको मुद्दा त्यहाँको पत्रकारितामा वीरलैमात्र एजेण्डा बन्ने गरेको पाइन्छ । 

कुनै बेला हिउँले सेताम्मे हुने हिमालयमा कालो चट्टान देखिनु कार्बन उत्सर्जनको परिणाम पनि हो तर यो मुद्दा उठानमा पनि विकसित देशका मिडिया चुकेको पाइन्छ । हिमाल आरोहणको विषयलाई प्राथमिकतामा राख्ने ती मिडियाले हिमालको प्रदूषण र हिमनदीको अवस्थामा आएको परिवर्तनका कुरालाई खासै महत्व दिएको नदेखिन सक्छ ।

माथि चर्चा गरिएका विषय प्रत्यक्षतः प्रेस स्वतन्त्रतासँग सम्बन्धित नदेखिन सक्छन । तर गहिरिएर हेर्दा र मिहीन ढङ्गले विश्लेषण गर्दा यो विषय पनि प्रेस स्वतन्त्रतासँग जोडिएको विषय हो भन्न कञ्जुस्याई गर्नु आवश्यक छैन । एउटा प्रश्न उठ्न सक्छ, प्रभावशाली मानिएका देशका प्रभावशाली भनिएका मिडिया प्रायः यी विषयमा किन मौन बस्छन ? उत्तर थुप्रै हुन सक्ने सम्भावना छ । एउटा उत्तर के हुन सक्छ भने शायद ती मिडियाहरु यस्ता विषयको उठान गर्न स्वतन्त्र छैनन् ।  

आजको विश्वमा धन आर्जन गर्ने व्यवसायका रुपमा समेत परिचय बनाउन सकेको मिडियाको आफ्नो स्वार्थसँग पनि सायद यो विषय जोडिएको छ र सायद त्यसैले पत्रकारले यो विषय उठान गर्न चाहे पनि पत्रकारिताको संस्थाले यस्ता विषयलाई प्राथमिकतामा नराखेको हुन सक्छ । केही हदसम्म यो विषय समाचार कक्षको सम्पादकीय स्वतन्त्रतासँग पनि जोडिन पुग्छ । विज्ञापनको चम्किलो रातमा सायद मानव कल्याणको जुन ओझेलमा पर्छ । 

सन्ततिको भविष्य सुखमय बनाउन धन सङ्कलनमा तल्लीन वर्तमानका मिडिया सञ्चालक र जिम्मेवार राष्ट्रहरुले पृथ्वी–प्रकृतिको हस्तान्तरणबारे भने सायद सोच्न आवश्यक ठानेका छैनन । यसो हो भने निश्चय पनि यो विषय प्रेस स्वतन्त्रतासँग जोडिन्छ र युनेस्कोले उठान गरेको विषय (नारा) स्वाभाविक रुपले सान्दर्भिक हुन पुग्दछ । 

(लेखक झा, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष र नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन्)
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending