Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टीको मूलधारबाट बाहिरिएको यो समूहले शुक्रबार छुट्टै भेला गरेर आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

भेलामा पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउनु नै भेलाको मुख्य उद्देश्य भएको बताए । उनले शेरबहादुर देउवालाई कांग्रेसको वैधानिक सभापतिका रूपमा प्रस्तुत गर्दै पार्टी एकताका लागि सबैलाई एक ठाउँमा आउन आग्रह गरे ।

‘नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो । नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन,’ शशांकले भने ।

भेलामा सहभागी अधिकांश नेताले विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउँदै गगन थापाको नेतृत्वको आलोचना गरे । उनीहरूले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आफूहरू १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वकै पक्षमा रहेको सन्देश दिएका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले भने पार्टीभित्र एकताको आवश्यकता रहेको बताएका छन् । उनले लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

‘पार्टी एकताका लागि दृढ हुनुपर्छ । पार्टी लोकतन्त्र र राष्ट्रियताका लागि एक हुनुपर्छ । संवाद र सहकार्य बढोस् । पार्टी एकताबद्ध होस्,’ देउवाले भने ।

आफूलाई अदालतले विगतमा न्याय दिएको प्रसंग उल्लेख गर्दै देउवाले अहिले पनि न्यायालयप्रति आफ्नो विश्वास कायम रहेको बताए । राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्दा अदालतबाट न्याय पाएको स्मरण गर्दै उनले अहिलेको विवादमा पनि अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे ।

भेलामा पूर्वउपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको एकता राष्ट्रियतासँग जोडिएको विषय भएको बताए । उनले सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राखे ।

नेता शेखर कोइरालाले कांग्रेसले कसैको निरंकुशता स्वीकार गर्न नसक्ने बताए । पार्टी विभाजित मनस्थितिमा रहे पनि अन्ततः एकढिक्का हुने विश्वास व्यक्त गर्दै उनले कांग्रेसले सधैँ सबैलाई मिलाएर अघि बढेको दाबी गरे ।

पूर्वउपसभापति विमलेन्द्र निधिले भने देउवालाई नै कांग्रेसको सभापति मान्न आग्रह गरे । उनले भेलामा सहभागी नेता–कार्यकर्तालाई ‘नेपाली कांग्रेसको आजको पनि सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ’ भन्ने सन्देश लिएर जान आग्रह गरे ।

निधिले देउवालाई ‘निवर्तमान’ वा ‘पूर्वसभापति’ भन्नसमेत आवश्यक नरहेको बताए । देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन हुने दाबी गर्दै उनले पार्टीलाई बलियो बनाउन सबैलाई यही धारमा अघि बढ्न आग्रह गरे ।

नेता कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको आरोप लगाए । उनले थापालाई ‘युवा भाइ’ भन्दै विशेष महाधिवेशनलाई आफ्नो समूहले मान्यता नदिने बताए ।

‘विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन । त्यो अवैधानिक छ, अराजक ढंगले गरिएको छ,’ सिटौलाले भने ।

उनले थापालाई हठ र अहंकार त्यागेर गल्ती सच्याउन सुझावसमेत दिए । सर्वोच्च अदालतले समेत गल्ती सच्याउने अवसर दिएको उनको दाबी थियो ।

नेता विजय गच्छदारले कांग्रेसभित्रको गुटबन्दीले विगतमा पार्टी विभाजनको पीडा भोगेको स्मरण गरे । आफू पनि विगतमा गुटमा सहभागी भएको उल्लेख गर्दै उनले अहिले कांग्रेस ‘करुणाहीन’ बन्दै गएको टिप्पणी गरे ।

देउवा–कोइराला समूहको भेलाले एकातिर पार्टी एकताको सन्देश दिने प्रयास गरेको छ भने अर्कोतर्फ विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनौती दिँदै कांग्रेसभित्रको शक्ति संघर्ष थप गहिरिएको संकेत गरेको छ । आगामी दिनमा अदालतको निर्णय र पार्टीभित्रको संवादले कांग्रेसको नेतृत्व विवाद कुन दिशामा अघि बढ्छ भन्ने निर्णायक हुने देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending