Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

खबरडबली संवाददाता

काठमाडौँ । शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सरकारसँग पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको तयारी थालेको छ ।

महासंघले भदौको पहिलो साताभित्र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । पहिलो चरणमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मागपत्रसहित ध्यानाकर्षण पत्र बुझाउने र त्यसपछि देशभर प्रचारात्मक तथा शान्तिपूर्ण दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने महासंघले जनाएको छ ।

सरकारबाट माग सम्बोधनमा ठोस पहल नभए आन्दोलनलाई थप कडा बनाउँदै काठमाडौँ केन्द्रित सडक संघर्षदेखि विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम अघि बढाउने चेतावनी महासंघले दिएको छ ।

महासंघकी सहअध्यक्ष नानीमैया पराजुलीले सरकारको प्रतिक्रियाका आधारमा आन्दोलनको स्वरूप तय गरिने बताइन् । उनका अनुसार शिक्षक–कर्मचारीका मागप्रति सरकार गम्भीर नभएको महसुस भएपछि आन्दोलनको तयारी गर्नुपरेको हो ।

महासंघले २०७५, २०७८ र २०८० सालमा भएका सहमति तथा २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले गरेको नौबुँदे निर्णय कार्यान्वयन गर्न माग गर्दै आएको छ । तर, ती सहमति र निर्णय अधिकांश कागजमै सीमित रहेको महासंघको आरोप छ ।

यसैबीच २०८३ साउन २५ गते लागू भएको शिक्षा नियमावलीको दसौँ संशोधनले शिक्षकको सरुवा प्रक्रियालाई थप जटिल बनाएको भन्दै महासंघले आपत्ति जनाएको छ । संशोधित व्यवस्थामा ज्येष्ठताका लागि ३५, प्रमाणपत्रका लागि २० र तालिमका लागि १० गरी ६५ अङ्क निर्धारण गरिएको छ । यस्तो व्यवस्थाले विशेषगरी दुर्गम क्षेत्रमा कार्यरत तथा नवप्रवेशी शिक्षकलाई समस्या पार्ने महासंघको दाबी छ ।

महासंघले राहत, अस्थायी, करार तथा शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको स्थायित्वका लागि स्पष्ट व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ । लामो समय एउटै श्रेणीमा कार्यरत स्थायी शिक्षकका लागि आवधिक बढुवा, स्थानीय तहबाट शिक्षक तथा कर्मचारीलाई मनोमानी ढङ्गले हटाउने कार्य रोक्नुपर्ने र विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकको अधिकार सुदृढ गर्नुपर्ने माग पनि महासंघको छ ।

त्यस्तै प्रारम्भिक बालविकासका शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक, महँगी भत्ता तथा बढेको तलबमान कार्यान्वयन गर्नुपर्ने, स्थानीय भत्तामा शिक्षक र कर्मचारीबीच रहेको विभेद अन्त्य गर्नुपर्ने तथा निजी स्रोत र संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने माग राखिएको छ ।

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले महासंघको आन्दोलनमा विद्यालय कर्मचारीका मागलाई प्राथमिकता दिइए आफूहरू सहभागी हुने बताए । उनका अनुसार विद्यालय कर्मचारीको स्थायी दरबन्दी सुनिश्चित गर्नु मुख्य माग हो । लामो समय सेवा गरेका कर्मचारीलाई सम्मानजनक सेवा–सुविधासहित अवकाशको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

महासंघले सरकारसँग शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी पुर्‍याउन तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य गर्ने संवैधानिक व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत माग गरेको छ ।

महासंघका पदाधिकारीहरूले शिक्षक आन्दोलन रहर नभई बाध्यता भएको बताउँदै सरकार समयमै जिम्मेवार बने विद्यालय बन्द गरेर सडकमा आउनुपर्ने अवस्था नआओस् भन्ने चाहना रहेको बताएका छन् । तर, माग सम्बोधन नभए आन्दोलनलाई क्रमशः कडा बनाउने उनीहरूको चेतावनी छ ।

 
 

 
 

कडा आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी छ ।

महासंघले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, शिक्षा नियमावलीको १०औँ संशोधनमा रहेका विभेदकारी तथा अव्यावहारिक व्यवस्था सच्याउनुपर्ने र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग अघि सारेको छ ।

महासंघका अनुसार २०७५, २०७८ र २०८० मा भएका सम्झौता तथा २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले गरेको नौबुँदे निर्णयसमेत पूर्ण रूपमा कार्यान्वयन भएको छैन । यसैबीच २०८३ साउन २५ गते लागू भएको शिक्षा नियमावलीको १०औँ संशोधनले शिक्षक तथा कर्मचारीका समस्या झन् बढाएको महासंघको दाबी छ ।

विशेषगरी शिक्षक सरुवाका लागि ज्येष्ठताबापत ३५, प्रमाणपत्रबापत २० र तालिमबापत १० गरी कुल ६५ अङ्क निर्धारण गरिएको व्यवस्थाप्रति महासंघले आपत्ति जनाएको छ । उक्त व्यवस्था खुला परीक्षाजस्तै जटिल र अव्यावहारिक रहेको महासंघको निष्कर्ष छ ।

महासंघले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकको अधिकार कमजोर बनाइएको भन्दै त्यसलाई समेत सच्याउन माग गरेको छ । लामो समयदेखि एउटै श्रेणीमा कार्यरत स्थायी शिक्षकका लागि आवधिक बढुवाको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ ।

विद्यालय कर्मचारीको दरबन्दी माग

नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गङ्गाराम तिवारीले विद्यालय कर्मचारीको मुद्दालाई प्राथमिकतामा राखिए महासंघको आन्दोलनमा सहभागी हुने बताए ।

उनका अनुसार लामो समयदेखि अनुदानका भरमा काम गरिरहेका सामुदायिक विद्यालयका कर्मचारीको स्थायी दरबन्दी सुनिश्चित गर्नुपर्ने मुख्य माग छ । ३० देखि ४० वर्षसम्म सेवा गरेका तथा ६० वर्ष उमेर पुगेका कर्मचारीलाई सम्मानजनक सेवा–सुविधा, उपदान र औषधि उपचारको व्यवस्था गरी अवकाश दिनुपर्ने परिषद्को माग छ ।

देशभरका करिब ३० हजार विद्यालय कर्मचारीको भविष्य सुनिश्चित गर्न सरकारले ठोस कदम चाल्नुपर्ने तिवारीले बताए ।

बालविकास शिक्षकदेखि राहत शिक्षकसम्मका माग

महासंघले प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकका समस्या समाधानलाई पनि प्राथमिकतामा राखेको छ ।

उनीहरूलाई न्यूनतम पारिश्रमिक, महँगी भत्ता तथा वृद्धि भएको नयाँ तलबमान उपलब्ध गराउनुपर्ने महासंघको माग छ । स्थानीय भत्ता वितरणमा शिक्षक र कर्मचारीबीच गरिएको विभेद अन्त्य गर्नुपर्ने तथा निजी स्रोत र संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने मागसमेत राखिएको छ ।

राहत, अस्थायी, करार तथा साविक उच्च माध्यमिक तहका दरबन्दीमा कार्यरत शिक्षकलाई विनाकारण हटाउने क्रम रोक्नुपर्ने महासंघको माग छ । त्यस्तै, उमेर हदका कारण अवकाश पाउने अस्थायी शिक्षक तथा कर्मचारीलाई सम्मानजनक उपदान र राहतको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग

महासंघले शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ । शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी पुर्‍याउन तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य गर्ने संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत माग गरिएको छ ।

महासंघले आफ्नो तेस्रो राष्ट्रिय परिषद् बैठकबाट शिक्षक तथा कर्मचारीका विभिन्न विषय समेटेर १३ बुँदे निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आन्दोलनको तयारी अघि बढाइएको हो ।

विद्यालय बन्दसम्मको चेतावनी

महासंघले शिक्षकका माग सम्बोधन गर्न सरकारसँग संवाद र वार्तालाई प्राथमिकता दिने जनाएको छ । तर माग सम्बोधन नभए आन्दोलनलाई क्रमशः काठमाडौँ केन्द्रित सडक संघर्षसम्म लैजाने चेतावनी दिएको छ ।

त्यसबाट पनि समस्या समाधान नभए आवश्यकता अनुसार विद्यालय नै बन्द गर्नेसम्मका कार्यक्रम अघि सार्ने महासंघको तयारी छ ।

महासंघका पदाधिकारीहरूले विद्यालय बन्द गरेर सडकमा आउनु आफूहरूको रहर नभएको बताएका छन् । तर सरकारले विगतका सहमति कार्यान्वयन नगरेको र नयाँ व्यवस्थाले शिक्षक–कर्मचारीका समस्या थपेको भन्दै आन्दोलन बाध्यात्मक हुने उनीहरूको भनाइ छ ।

महासंघका मुख्य मागमा विगतका सहमति कार्यान्वयन, शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन, शिक्षा नियमावलीको १०औँ संशोधन सच्याउने, राहत तथा अस्थायी शिक्षकको स्थायित्व, तहगत दरबन्दी, आवधिक बढुवा, विद्यालय कर्मचारीको दरबन्दी, बालविकास शिक्षकको सेवा–सुविधा तथा शिक्षक–कर्मचारीलाई समान स्थानीय भत्तालगायत विषय समेटिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending