Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

कोशीका मुख्यमन्त्री राष्ट्रपति ‘व्याकप’ देखाउँदै

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई मङ्गलबार ‘जानकारी गराएको सम्बन्धमा’ भन्दै तीन पृष्ठ लामो पत्र हस्तान्तरण गरे । उक्त पत्रको अन्तिममा ५ बुँदा निष्कर्ष निकाल्दै आफ्नो नेतृत्वको सरकार दुईवर्षसम्म हटाउन कसैले नसक्ने जिकिर गरिएको छ ।

पत्रमा प्रदेशसभाबाट गत वैशाख ७ गते पारित संकल्प प्रस्ताव अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गर्न सक्ने कुनै संवैधानिक आधार र तर्क नरहेको उल्लेख छ । ‘‘........संविधानको संरक्षकका रूपमा रहेको पदबाट गैह्र संवैधानिक अभ्यासमा संलग्न गराउने गरी भएको प्रयत्नका आधारमा क्रियाशील भई दशकौं लामो प्रयास तथा १७ हजार भन्दा बढीको बलिदानबाट प्राप्त संविधानको रक्षा तथा नेपालमा संघीय गणतान्त्रिक लोकतन्त्रलाई बलियो बनाउँदै संविधानको कार्यान्वयन गर्न प्रदेश प्रमुख जस्तो संवैधानिक रूपमा रहेको प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको ब्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ ।

सो पत्रमा सादर अवगतार्थ भन्दै सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय शीतल निवास काठमाडौंलाई बोधार्थ दिइएको छ । प्रदेशका मुख्यमन्त्रीले कुनै पत्र वा जानकारी प्रदेश प्रमुखलाई दिने संवैधानिक मर्यादा र प्रचलन हो । तर, राष्ट्रपतिलाई बोधार्थ किन दिइन्छ ? कस्तो परिस्थितिमा दिइन्छ ? वा प्रचलन के हो भन्ने विषय नेपालमा खासै बहस भइरहेको विषय होइन । नेपालमा राष्ट्रपतिलाई मुख्यमन्त्रीले त्यस्तो जानकारी दिने संवैधानिक र कानूनी व्यवस्था भने छैन । राष्ट्रपतिलाई बोधार्थ दिनुको मतलब संविधानको बर्खिलाप हुने गरी प्रदेशमा कदम चालिन खोजिँदैछ है भन्ने रहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बताउँछन् । ‘राष्ट्रपतिलाई बोधार्थ दिनुको अर्थ संविधानको यस्ता–यस्ता धाराहरु प्रदेशमा गलत ढंगले प्रयोग हुँदैछ है भनेर जानकारी दिएको हो । संविधानको पालनकर्ता र रक्षा गर्ने दायित्व राष्ट्रपतिको हुन आउँछ । प्रदेशसभाले गरेको संकल्प प्रस्ताव त सच्याउनु पर्दैैन । तर, प्रदेश प्रमुखले त्यस आधारमा कदम चालेको खण्डमा राष्ट्रपतिले सच्याउनु पर्छ है भन्ने हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश प्रमुखलाई समसामयिक विषयमा जानकारी गराउने मुख्यमन्त्रीको दायित्व हो । संसदमा संविधानलाई नै संशोधन गर्ने काम हुन लाग्यो भने रोक्नु प¥यो नि रु हामीले त सबैतिर जानकारी दिनुपर्यो नि ।’

मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई दिएको पत्र र राष्ट्रपतिलाई बोधार्थ दिने काम नै असंवैधानिक र अलोकतान्त्रिक रहेको नेकपा एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । ‘राष्ट्रपतिमार्फत प्रदेश प्रमुखलाई गैर संवैधानिक हिसाबले दबाब दिन सक्छु भन्ने मनसाय मुख्यमन्त्रीको हुनसक्छ । राष्ट्रपति नेपाली कांग्रेसबाट निर्वातचित भएको भन्ने उहाँको कुरा होला । तर, राष्ट्रपति भइसकेको मानिस कुनै पार्टीको हुँदैन,’ भण्डारीले भने, ‘मुख्यमन्त्रीले यति तल्लो स्तरको पत्र दिनु÷पठाउनु भनेको मुलुकको लोकतान्त्रिक प्रणाली विरुद्ध हो । मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पनि यसरी चिठ्ठी दिनै सक्दैन । हामीले संकल्प प्रस्ताव पास गर्दा सरकार र प्रदेश प्रमुखलाई जानकारी दिने भन्ने मात्रै हो । संसदले पारित गरेको संकल्प प्रस्तावको विरुद्धमा लेखेर मुख्यमन्त्रीले सिधै प्रदेश प्रमुखलाई दिनु भनेको संसदीय सर्वोच्चताको खिलाफ हो ।’

एमाले र माओवादीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए स्वतः पदमुक्त हुने भन्दै नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखलाई दबाब दिइरहेका छन् । सोही दबाब र सोही आशयको प्रदेशसभाबाट पारित संकल्प प्रस्तावको आधारमा नयाँ मुख्यमन्त्री चयनको आह्वान हुन सक्नेमा मुख्यमन्त्री कार्की सशंकित छन् । सो कदम चालिए राष्ट्रपतिलाई प्रयोग गर्ने मुख्यमन्त्रीको प्रयास स्वरुप पत्रमा बोधार्थ दिइएको मुख्यमन्त्री कार्यालय स्रोत बताउँछ ।

प्रदेश प्रमुख परामर्शमा

उता, कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आहवान गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी परामर्श सुरु गरेका छन् । प्रदेश प्रमुख खापुङले अनौपचारिक रुपमा छलफल गरिरहेको उक्त कार्यालयका सचिव छविन्द्र पराजुलीले बताए ।

खापुङले प्रदेशसभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते पारित संकल्प प्रस्तावअनुसार नयाँ सरकार गठनको आव्हान गर्न सक्ने कि नसक्ने भन्ने विषयमा कानूनी परामर्श सुरु गरेका हुन् । यस्तै सरकारमा सहभागी कुनै पनि पार्टी सरकारबाट फिर्ता आएमा वा विश्वासको मत फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिए के गर्ने भन्ने विषयमा पनि खापुङ परामर्शमा छन् ।

गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिँदै प्रदेशसभाको विशेष अधिवेशन माग गरेका थिए । संविधानको धारा १८२ को उपधारा २ अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । सोही व्यवस्था कार्यान्वयनमा लैजानका लागि दुई दलले वैशाख ६ गते सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा संकल्प प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको थियो ।
प्रदेशसभाले भने संकल्प प्रस्तावको जानकारी प्रदेश प्रमुख पर्शुराम खापुङलाई र मुख्यमन्त्री कार्यालयलाई पनि दिइसकेको छ । प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावअनुसार नयाँ सरकार गठनको आव्हान गर्नुपर्ने एमाले, माओवादीको जिकिर र संकल्प प्रस्ताव नै असंवैधानिक भएकोले नयाँ सरकार गठनको आव्हान गर्नु पनि असंवैधानिक हुने मुख्यमन्त्री कार्यालयको दाबीले प्रदेश प्रमुख खापुङ भने दोहोरो दबाबमा छन् । हाम्राेमतबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending