Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् । 

विश्वका विभिन्न अठार देशले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन् । 

उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका छन् । 

संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, कोलम्बिया, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्पेन र थाइल्याण्डका नेताहरूले एकैसाथ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र नागरिक जनसङ्ख्याको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय हो । 

गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन र शत्रुताको विश्वसनीय अन्त्य हुनेछ ।”

“यसबाहेक, गाजाका बासिन्दाहरू ‘आश्रय र मानवीय प्रबन्ध सुनिश्चित गर्न पहिले नै तयारीका साथ आफ्नो घर र आफ्नो भूमिमा फर्कन सक्षम हुनेछन्”, विज्ञप्तिमा भनिएको छ, “हामी यस सङ्कटको अन्त्य गरौं ताकि सामूहिक रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरता ल्याउनका लागि हाम्रा प्रयासहरूमा ध्यान केन्द्रित गर्न सकौं ।” 

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमा क्षेत्रबाट हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । 

हमासको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने उनीहरूले दक्षिणी इजरायलबाट २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए ।

हासको आक्रमणको बदलामा भएको इजरायली आक्रमणका कारण गाजा पट्टीमा ३४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु हुनुका साथै ७७ हजारभन्दा बढी घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एसबाट सुदूरपश्चिममा मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासकोे मत लिन ओलीको अड्को

बालकोटमा पार्टीका नेताहरुलाई बोलाएर भने- विश्वासको मत दिन हतार नगर्नू

सन्दीप लामिछानेको मुद्दामा आज होला सुनुवाइ ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।  यसअघि गत आइतबार अदालतले आज पहिलो प...

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स...

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहर...

जनकपुर-जयनगर-भंगाहा रेल सेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावल...

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका। शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्...

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सड...

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...

कक्षा ८ को नतिजा नै निराशाजनक, औसत ५० प्रतिशतभन्दा तल

काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प...

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, राप्रपाले पनि देला ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदेछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies