ताप्लेजुङ । ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना भएको छ ।
समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको याङमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच पुगेको थिएन । यहाँ आलु खेतीबाहेक अन्य बाली हुँदैन । यहाँका समुदायको मुख्य पेसा चौँरी याक गोठ हो । यहाँको याक चीनमा बिक्री हुन्छन् तर कोभिड–१९ का कारणले नाका बन्द भएको अहिलेसम्म खुला हुन नसक्दा गोठमा चौँरी याक बिक्री गर्न सकेका छैन ।
याङमा गाउँमा मतदान गराउँन निर्वाचनको समयबाहेक सरकारी निकायका प्रतिनिधि याङमा गाउँमा खासै पुग्दैन । गत दसैँको समयमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गाउँपालिका जनप्रतिनिधि याङमा गाउँ पुगेका थिए । यो भ्रमण नै अहिलेसम्मको उच्चस्तरीय भ्रमण भएको स्थानीयको भनाइ छ ।
सो अवसरमा सञ्चार, शिक्षा, स्वास्थ्य तथा विद्युत्लगायका माग राखेका थिए । यसैलाई ख्याल गरेर गाउँपालिकाले गत साता याङमा गाउँमा स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना गरेको छ । याङमा गाउँमा विगतमा याङमा आधारभूत विद्यालय सञ्चालनमा थियो ।
विद्यार्थी नै नभए पछि २०७५ मा ओलाङचुङगोला रहेको विद्यालयमा मर्ज गरिएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताए । स्वास्थ्य एकाइ र पशु सेवा भने पहिलोपटक याङमा गाउँमा स्थापना भएको लामाले बताए ।
पुस्तौँदेखि याङमा गाउँका नागरिक बिरामी हुँदा वनजङ्गलमा रहेको जडीबुटीमै भरपर्दै आएका थिए । तर गत साता यस क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना भएसँगै स्वास्थ्य क्षेत्रमा राहत पुगेको स्थानीय बताउँछन् । यहाँको मुख्य पेसा पशुपालन (चौँरी याक) हो । गाउँमा पशु प्रविधिक नहुँदा ठूलो क्षति बेहोर्दै आएको थियो । विभिन्न प्रकारका रोग साथै वन्यजन्तुबाट आक्रमणले घाइते पशु उचित उपचार नभएपछि किसानको ठूलो क्षति हुने गरेको थियो । विभिन्न कारणले यहाँका किसानले क्षति बेहोर्नुपर्ने देखिएपछि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पशुधन बिमा कार्यक्रममार्फत यहाँका चौँरी याकहरुको बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
सञ्चार सेवाको पहुँचबाट समेत टाढा रहेको यस क्षेत्रका बासिन्दाले स्वास्थ्य एकाइ नहुँदा प्राथमिक उपचारका लागि समेत एक दिनको पैदलयात्रा गरेर ओलाङचुङगोला पुग्नुपथ्र्यो । दश घर मात्रै रहेकाले याङ्मामा यसअघि विद्यालय रहेको भने तापनि बसाइँसराइले पठनपाठन भने बन्दको अवस्था रहेकोमा त्यहाँका बालबालिकाले पढाइबाट वञ्चित भएकाले बालबालिकाले पढाइबाट वञ्चित हुनु नपरोस् भनेर प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए ।
गाउँपालिकाको केन्द्र तापेथोकबाट यो बस्तीमा पुग्न पूरै दुई दिन र वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाट एकदिन पैदल हिँड्नुपर्छ । यहाँ नियमित सञ्चार सम्पर्क हुँदैन । सञ्चार सम्पर्कका लागि पाँच घण्टा हिँडेर डाँडामा जानुपर्ने वडाध्यक्ष छेतेन बताए । त्यो पनि मौसमले साथ दिएमात्रै फोन लाग्छ । सञ्चार सुविधाका लागि ओलाङचुङगोलामा ‘फोरजी’ राख्ने र यहाँको टुजीको टावर याङ्मा लैजाने गरी नेपाल टेलिकमसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: