काठमाडौं । आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठुलो जरीवाना लागेको छ ।
आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अम्पायरसँग विवाद गरेका कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले म्याच फीको ५० प्रतिशत जरिवाना गरेको छ ।
आइतबार इडेन गार्डेनमा भएको खेलमा कोलकोताले कोहलीको टिम बैंगलुरुलाई एक रनले पराजित गरेको थियो । कोलकोता र बैंगलुरुबीचको खेलमा कोहलीलाई आउट भएको विषय विवादित बनेको थियो र कोहलीले तेस्रो अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउदै मैदानमा अम्पाएरसँग विवाद गरेका थिए ।
खेलको तेस्रो ओभरमा हर्षित रानाको बलमा कोहलीले आफ्नो विकेट गुमाए । कोहलीले रिभ्यु लिए तर अम्पायरले उनलाई आउटनै घोषित गरे । तेस्रो ओभर बलिङ गर्न आएका हर्षितले पहिलो बलमै अफ स्टम्पको कम्मरमा फुल टस बलिङ गरेर कोहलीलाई सरप्राइज गरेका थिए ।
कोहली बललाई अन साइडमा घुमाउन चाहन्थे, तर उनले पहिले ब्याटघुमाए र बल भित्री किनारा लागेर सिधै हर्षितको हातमा पुग्यो र कट एण्ड बोल्ड आउट भए । कोहलीले तत्कालै रिभ्यु लिए । कोहलीले बल कम्मरभन्दा माथि आएको र त्यो नो बल भएको भन्दै रिभ्यु लिएका थिए ।
यद्यपि टिभी अम्पायरले हक आई सिस्टम प्रयोग गरे र कोहली क्रिजभन्दा बाहिर गएका कारण नियम अनुसार कोहली आउट रहेको निर्णय सुनाए तर तेस्रो अम्पायरको निर्णयबाट कोहली आक्रोशित हुन पुगेका थिए ।
बोर्डले कोहलीले आईपीएलको आचार संहिताको धारा २.८ को लेभल-१ अपराध गरेको र आफूमाथि लागेको आरोप र म्याच रेफ्रीले लगाएको जरिवाना स्वीकार गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: