धनकुटा। निर्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको छ ।
निर्माणाधीन सडकमा शुक्रबार देखि माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछी सडक अवरुद्ध भएको बताए।
उनका अनुसार जेसीविको सहायताले सडक खुलाउने काम भई रहेको छ ।उनले भने, “सडक खुलाउन प्रहरी टोलीसमेत खटाइएको छ, पहिरोको अवस्था अनुसार आज पनि सडक सञ्चालनमा आउँने सम्भावना कम रहेको छ । जसका कारण पाँचथरको रविदेखी सञ्चालन हुने लामो तथा छोटा दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन् ।”
निर्माणधीन सडकको कटिङको काम भइरहेको र माथिबाट झरेको सुख्खा पहिरोले सडक अवरुद्व भएपछि सो स्थानको करिब एक सय मिटर क्षेत्रमा पहिरो लगातार झरिरहेको जनाइएको साँगुरीगढी गाउँपाकिला अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए।
सडक खुलाउँन लागि परिरहेको तर, सुख्खा पहिरो झरी रहने भएकाले थप समस्या आएको उनले बताए। सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र साथै पाँचथर जिल्लाको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ ।
भेडेटारबाट करिब २.५ किलोमिटर दूरीमा रहेको यस क्षेत्रमा पहिरो हटाउन प्रयास भई रहेतापनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको पाइएको छ ।
अध्यक्ष राईले भने, “यात्रुलाई सुरक्षित र वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गररिहेका छौँ ।
वैकल्पिक सडकमार्ग अन्तरगत डाँडा बजार-बुढीमोरङ–मुलघाट साथै राजारानी-केराबारी मार्ग हुँदै यात्रा यात्रुलाई आग्रह गरिएको छ । सडक खुलाउन भारतीय निर्माण कम्पनी एप्को इन्फ्रा टेक, स्थानीय र गाउँपालिकाले प्रयास गरिरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: