Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

खबरडबली संवाददाता

राजविराज । सप्तरीको  छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सुचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका छन् ।

‘अतिक्रमण गरिएका सार्वाजानिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरु र गाउँ टोलहरुमा कब्जा गरिएका बाटो घाटोहरु खाली गराउने गाउँ सभा तथा कार्यपालिकाको निर्णय भएको हुँदा उक्त निर्णय कार्यन्वयन गर्न-गराउन आग्रह गरेका छौँ’, पालिका अध्यक्ष चौधरीले भने ।

‘२०८० साल फाल्गुन ९ गते नेपाल सरकार गृह मन्त्रालय बाट जारि गरिएको विज्ञप्तिले कसैको निजि हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजानिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, संधिसर्पण, गौचरण घाट आदि जग्गाहरु कानुन विपरित कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उदेश्य वा प्रयोजनको लागी कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेका वा जिम्मा दिएका सार्वजानिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजि रुपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समय सम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उदेश्य विपरीत निजि कायम गरी गराई दुरुपयोग गरेको पाईएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजानिक, संधिसर्पण ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनको लागी सो सम्बन्धि सत्य तथ्य सुचना सहितको विवरण संकलन गरी गृह मन्त्रालय पठाउन र त्यस्तो कार्य गर्ने उपर प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनका लागी सम्बन्धित स्थानीय तह सरोकारवाला निकाय संग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको हुँदा सो को समेत कार्यान्वयन गराउने गरी जग्गा खाली गराउने भएकोले यो सुचनाको ३५ (पैतीस) दिन भित्र खाली गरी सहयोग गरिदिनुहुन अनुरोध छ,’ जारी सुचनामा भनिएको छ ।

तोकिएको समय भित्र अतिक्रमण गरिएका जग्गाहरु खाली नगरिए कानुन बमोजिम कारबाही गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending