मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । जीवन विकास लघुवित्तको सहकार्यमा प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन–२०८१ को आज मोरङको कटहरीमा शुभारम्भ गर्दै उनले मानवीय विकासबाट प्रदेशले समृद्धि हाँसिल गर्ने विचार व्यक्त गरे ।
मुख्यमन्त्री कार्की यस क्षेत्रमा आवश्यक रहेको चिकित्सक, इन्जिनियर, अधिवक्ता, कृषि र पशु स्वास्थ्यकर्मीलगायतका जनशक्ति उत्पादन गर्नका निःशुल्क अध्ययनको लागि बजेटको विनियोजन गरिएको जानकारी दिए । उनले युवाले नयाँनयाँ कुराको अविष्कार गरी मुलुक र प्रदेशको हितका लागि कार्य गर्नु आजको आवश्यकता भएको धारणा राखे ।
प्रदेश सरकारले यस क्षेत्रमा छिमेकी मुलुकका धार्मिक पर्यटक आगमन वृद्धिका लागि विभिन्न समुदायको आस्थाको केन्द्र रहेका मठमन्दिर, भाषा, संस्कृति, खानपिनको संरक्षणमा विशेष जोड दिएको उनले धारणा राखे ।
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले युवायुवतीलाई नेतृत्वदायक भूमिका प्रदान गर्ने उद्देश्यले क्लबको गठन गरिएको जानकारी दिँदै युवापुस्तालाई विदेश पलायन रोक्न वित्तीय संस्थाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
जीवन विकास लघुवित्त संस्था लिका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले क्लबका सदस्यले समाज र देशप्रतिप्रति जिम्मेवारी बोध गर्नुका साथै सामाजिक चेतनास्तरको विकासमा मद्दत पुग्ने धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: