इलाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताएकी छन् ।
इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । 'हामीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेका छौ', उनले भनिन् ।
आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै उनले संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताइन् । चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको उनले बताइन् ।
ज्येष्ठ नागरिकलाई २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था निरन्तर वितरण गरिँदै आएको भन्दै उनले अब छोराछोरीको दायित्वलाई जोडिने बताइन् ।'छोराछोरीको पनि दायित्व आउनुपर्छ किनभने भोली त्यो सन्तान पनि त ज्येष्ठ हुन्छ ।
आजभोलि बुवा आमा बिर्सिने चलन बढेको छ', मन्त्री चौधरीले भनिन्, 'त्यसकारण त्यस्तो नहोस् भनेर छोराछोरी जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि उसको देखिएको आम्दानीको १० प्रतिशत आफ्नो बाबाआमालाई दिनुपर्छ भनेर ऐनमै व्यवस्था गरिएको छ । तर त्यसको कार्यविधि बनाउन बाँकी छ ।'
कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने उनले बताइन् । त्यसले ज्येष्ठ नागरिकको सुरक्षा हुने उनको भनाई थियो । सातै वटा प्रदेशमा ज्येष्ठ नागरिक होम बनाउने तयारी गरिएका भन्दै उनले भनिन्', 'जसको कोही पनि छैन । पूर्णरूपले असहाय छ । आफन्त नभएकाहरूलाई राख्नका लागि व्यवस्था गर्ने । अर्को ज्येष्ठ नागरिक दिवा मिलन केन्द्रको व्यवस्था गर्ने । त्यहाँ गएर भजन कृर्तन गर्ने, अनुभव साटासाट गर्ने । पालिकाहरूमार्फत त्यो काम अगाडि बढ्छ ।'
त्यस्तै जेलमा परेका बालबालिकाहरूका लागि काम गर्दै आएको उनले बताइन् । 'कुनै परिबन्धमा परेर १८ वर्ष भन्दा कम उमेरमा जेलभित्र गयो । त्यस्ता बालबालिकाहरूलाई बाल सुधार गृहमा राख्ने व्यवस्था छ । त्यस्ता बालबालिकाहरूका लागि बाल सुधार गृहमार्फत शिक्षा दीक्षाको व्यवस्था गरिएको छ । देशभर ९ वटामध्ये ४ वटा सरकारले जिम्मेवारी लिएको छ । अटिजम भएका बालबालिकाहरूका लागि शिक्षादीक्षाका लागि व्यवस्था गर्ने ऐनमा व्यवस्था गरिएको छ ।'
यसैगरी मन्त्री चौधरीले अर्थतन्त्र कमजोर हुँदा त्यसको सबैतिर असर परेको बताइन् । 'विगतमा पुँजी चलायमान थियो । संस्थाहरू पनि कम थिए । तर अहिले संस्थाहरूको संख्या पनि धेरै भए । बजारमा व्यापार व्यवसाय पनि चलायमान भएनन् । जसको कारणले गर्दा अर्थतन्त्र कमजोर बन्न पुग्यो । त्यसले गर्दा यसको सबैतिर असर परेको छ ।' अहिले विश्वमा भइरहेको द्वन्द्वका कारणले पनि अर्थतन्त्रमा असर परेको उनले भनिन् ।
मन्त्री चौधरीले दुर्गा प्रसाईँ जस्ता कतिपय व्यक्तिहरूका गतिविधिहरूका कारण पनि समाजमा सहकारी, बैंक, फाइनान्सप्रति नकारात्मक अवसर परेको बताइन् ।
लघुवित्त संस्था गरिबीको रेखामुनि रहेका विपन्न वर्गलाई घरदैलोमा पुगेर सेवा दिने कार्य भएको उनले बताइन् । 'जनताको घरदैलोमै गएर जनतालाई वित्तीय पहुँच प्रदान गर्नु वित्तीय संस्थाको उद्देश्य हो', उनले भनिन्, 'सानोतिनो व्यवसाय, काम गर्नका निम्ति थोरै पैसा आवश्यक हुन्छ । दुर्गा प्रसाईँले रिन छुट गरिदिऊँ भन्छन् तर छुट गरेपछि संस्था त डुब्छ । संस्था डुब्नु भनेको जनताको पैसा पनि डुब्नु हो ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: