जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीको विरोधकाबीच विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
आज दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा जनमत पार्टीको विरोधका बीच सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने समय दिनुभएपछि मुख्यमन्त्री यादवले सो प्रस्ताव पेस गरेका हुन् ।
गत माघ आठ गते सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभासदस्यले प्रदेशसभाभित्रै वेल घेराउ गरी विरोध जनाएको छ ।
सभामुख मण्डलले सहमतिका लागि दुई पटक बैठक स्थगित गरे पनि जनमत पार्टीले सो घटनाबारे सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने र मुख्यमन्त्री यादवले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्यले नाराबाजी गर्दै विरोध गरिरहेको बेला नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनालाई लिएर प्रदेशसभा अवरोध गर्न नमिल्ने भनी प्रतिवाद गरेपछि माहोल थप तनावग्रस्त बनेको थियो ।
बैठकको सुरुमै जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दनकुमार सिंहले आफनो पार्टीका संसदीय दलका नेता एवं तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवलगायतका नेताहरूमाथि भएको आक्रमणको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएकोले बैठक नचल्ने बताएका थिए ।
केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
यसैबीच मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री बनेका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले आजै राजीनामा दिएका थिए । लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने भएपछि सरकारबाट फिर्ता बोलाइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: