एजेन्सी । मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ ।
माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए । पिन ऊ ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको छ ।
गुम्बामा भएको आक्रमणका कारण दुई बौद्ध भिक्षुसहित तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । यसैगरी आक्रमणमा पिन ऊ ल्विनको वार्डका एक स्थानीय बासिन्दाको पनि मृत्यु भएको छ ।
पिन ऊ ल्विन जनरल अस्पतालमा भएको आक्रमणका घाइते बालबालिका, बिरामी र कर्मचारीसहित ११ जनाको उपचार भइरहेको बताइएको छ ।
परम्परागत थिङ्गयान वाटर फेस्टिभलका क्रममा गैर–सैन्य लक्ष्यहरूमा भएका आक्रमणहरू सार्वजनिक शान्ति र स्थिरतामा खलल पुर्राउने उद्देश्यले आतङ्कारीहरूले गरेको कार्यहरू भएको बताइएको छ ।
सुरक्षा बलले अपराधीहरूलाई पत्ता लगाउन र पक्राउ गर्न सुरक्षा व्यवस्था कडा गरिरहेको सूचना टोलीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८१ - २०:५९
काठमाडौं । विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज लग...
बैशाख १७ गते, २०८१ - २०:४८
सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा...
बैशाख १७ गते, २०८१ - २०:१७
काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमा...
बैशाख १७ गते, २०८१ - २०:१२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भार...
बैशाख १७ गते, २०८१ - २०:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न ...
बैशाख १७ गते, २०८१ - २०:००
काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृ...
बैशाख १७ गते, २०८१ - १९:३८
इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ क...
बैशाख १७ गते, २०८१ - १९:३४
एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई स...
बैशाख १७ गते, २०८१ - १९:२९
धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज पक्राउ परेका ...
बैशाख १७ गते, २०८१ - १९:११
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका-५ असुरकोट...
प्रतिकृया लेख्नुहोस्: