एजेन्सी । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।
स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र बाँचेका दुई जनाको उद्धार गरिएको बताए । “तीमध्ये दुई जना बाँचेका छन् भने अन्य १५ जनाको दुःखद मृत्यु भएको छ”, उनले भने, “बासिन्दाहरूले बताएअनुसार अहिले पनि दुई जना बेपत्ता भएका छन्, सम्भवतः उनीहरू पहिरोको भग्नावशेषमुनि रहेका हुनसक्छन् ।”
ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेषगरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनले बताए ।
राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ । इन्डोनेसियामा वर्षाको मौसममा पहिरोको जोखिम देखिन्छ र केही स्थानमा वन फडानीका कारण समस्या थपिएको छ । लामो समयसम्म मुसलधारे वर्षाका कारण मुलुकका केही क्षेत्रमा बाढी आएको छ ।
गत महिना सुमात्रा टापुमा अचानक आएको बाढी र पहिरोबाट कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने धेरै मानिस अहिले पनि बेपत्ता भएका छन् ।
डिसेम्बरमा सुमात्रामा टोबा तलाउ नजिकै पहिरो र बाढीबाट दर्जनौँ घर बगेका थिए र एउटा होटल क्षतिग्रस्त भएको थियो । उक्त प्रकोपमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८१ - २०:४१
सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । सप्तरीको महादेवा गाउँपालिका—१ स्...
बैशाख २० गते, २०८१ - २०:०४
काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि...
बैशाख २० गते, २०८१ - १९:५७
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच...
बैशाख २० गते, २०८१ - १९:५३
विराटनगर । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव ...
बैशाख २० गते, २०८१ - १९:३०
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महा...
बैशाख २० गते, २०८१ - १९:१३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिय...
बैशाख २० गते, २०८१ - १९:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड दिनुपर्ने बताएका छन् । भूमि अधिकार तथा श्र...
बैशाख २० गते, २०८१ - १९:००
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने न...
बैशाख २० गते, २०८१ - १८:५१
धनगढी । कैलालीको पहलमानपुरबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१० का २२ वर्षीय दिपक खड्कासहित दुई जनालाई पक्राउ गरिएको प्र...
बैशाख २० गते, २०८१ - १८:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि बैशाख २८ गते अपराहन्न...
प्रतिकृया लेख्नुहोस्: