Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नयाँ वर्षमा ‘लेखनाथ हाफ म्याराथन’ हुने

खबरडबली संवाददाता

कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ ।

कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको उक्त म्याराथन आयोजना हुने आज तालचोकमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ पाँच किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ पाँच किलोमिटर दौड हुनेछ । 

चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान गरिएको खड्काले बताए । प्रतियोगितामा हाफ म्यराथनको विजेताले रु ६० हजार पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमश: रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दश किमीको महिला/पुरुष राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार पाँच सयका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने सचिव खड्काले जानकारी दिए । 

पाँच किमी विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, तृतीयले रु पाँच हजार, सान्त्वनाले रु तीन हजार र पाँचौँले रु दुुई हजारका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । भेट्रान्सतर्फको विजेताले रु १० हजार, उपविजेताले रु सात हजार, तृतीयले रु पाँच हजार पाउने सदस्य सचिव खड्काले जानकारी दिए । 

दौड पूरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० धावकलाई मेडल प्रदान गरिने समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए । दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर यही चैत २९ गतेसम्म नाम दर्ता गर्न सकिने छ । 

भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भूगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य सङ्घको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुङ्गिने छ ।   

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे । लेखनाथ पनि पोखराभित्रै पर्ने भए पनि केही पिछडिएको जस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको उनको भनाइ छ ।

पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रियस्तरका अन्य प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको बताए । सात वटा ताल र धेरै कोट मन्दिरहरू रहेको यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य भएको उनको भनाइ छ ।

भण्डारढिकमा रहेको रङ्गशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने भन्दै वडाध्यक्ष गुरूङले वडाबाट पनि बजेट लगानी गर्ने उल्लेख गरे । उनले पोखरा–२९ मा रङ्गशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: