कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ ।
कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको उक्त म्याराथन आयोजना हुने आज तालचोकमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ पाँच किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ पाँच किलोमिटर दौड हुनेछ ।
चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान गरिएको खड्काले बताए । प्रतियोगितामा हाफ म्यराथनको विजेताले रु ६० हजार पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमश: रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दश किमीको महिला/पुरुष राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार पाँच सयका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने सचिव खड्काले जानकारी दिए ।
पाँच किमी विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, तृतीयले रु पाँच हजार, सान्त्वनाले रु तीन हजार र पाँचौँले रु दुुई हजारका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । भेट्रान्सतर्फको विजेताले रु १० हजार, उपविजेताले रु सात हजार, तृतीयले रु पाँच हजार पाउने सदस्य सचिव खड्काले जानकारी दिए ।
दौड पूरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० धावकलाई मेडल प्रदान गरिने समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए । दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर यही चैत २९ गतेसम्म नाम दर्ता गर्न सकिने छ ।
भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भूगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य सङ्घको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुङ्गिने छ ।
खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे । लेखनाथ पनि पोखराभित्रै पर्ने भए पनि केही पिछडिएको जस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको उनको भनाइ छ ।
पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रियस्तरका अन्य प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको बताए । सात वटा ताल र धेरै कोट मन्दिरहरू रहेको यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य भएको उनको भनाइ छ ।
भण्डारढिकमा रहेको रङ्गशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने भन्दै वडाध्यक्ष गुरूङले वडाबाट पनि बजेट लगानी गर्ने उल्लेख गरे । उनले पोखरा–२९ मा रङ्गशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: