रौतहट । भर्खरै सकिएको एसइइ परीक्षामा विद्यार्थीले चिट चोर्नका लागि प्रयोग गरेका मोबाइलहरु सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ ।
यस वर्ष रौतहटमा एसइइ परीक्षामा व्यापक रूपमा डिजिटल चोरी मौलाएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो ।
त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल बरामद गरेको थियो । बरामद गरिएका मोबाइलहरू शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सम्बन्धित स्थानमा रहेका प्रहरी चौकी मार्फत सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको थियो ।
प्रहरीले ३ हजार मोबाइल सेटहरू सम्बन्धित विद्यार्थीलाई वितरण गरेको जनाएको छ । रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले चिट चोर्ने प्रयोजनका लागि परीक्षा हलभित्र लगेका मोबाइलहरु सुरक्षा निकायले बरामद गरेको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर मातहतका विभिन्न प्रहरी चौकी मार्फत बरामद गरिएका मोबाइलहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।
अघिल्ला वर्षहरूमा हुने एसइइ परीक्षामा ब्ल्याकबोर्डमै लेखाएर चिटचोराउने प्रचलन रहिआएकोमा यस वर्षबाट मोबाइलबाटै शिक्षकहरूले चोरी गराएको आरोप लागेको थियो । यस वर्ष व्यापक रूपमा डिजिटल चोरी भएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले विभिन्न परीक्षा केन्द्रमै प्रवेश गरेर विद्यार्थीहरूबाट ३ हजार सेट मोबाइल बरामद गरेको थियो ।
डिजिटल चोरी गराउनेमा अधिकांश रौतहट जिल्लाका निजी शैक्षिक संघ संस्थाहरू रहेको एक तथ्याङ्कले देखाएको पाइएको छ । एक अभिभावकका अनुसार निजी बोर्डिङमा महँगो शुल्क तिरेर पनि चिट चोराएर एसइइ पास गराउनु भन्दा सरकारी विद्यालयमै पढाउनु फाइदा छ ।
चन्द्रनिगाहपुरका विभिन्न निजी विद्यालयहरूले सेटिङ मिलाएरै परीक्षा केन्द्र तथा कोठामा चिर चोराएको आरोप लागेपछि अभिभावकहरूको मन निजी स्कुलबाट कुँडिएको बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: